Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एनआरएनका पूर्वअध्यक्ष हिराचनसंग जर्मनीमा अन्तरक्रिया

दयाराम पौडेल/ एचकेनेपाल डट कम-
एसन जर्मनी, एनआरएनका पूर्वअध्यक्ष देबमान हिराचनले जर्मनीका नेपालीबीच बिशेष अन्तरक्रिया गर्दै प्रवासमा रहेका नेपालीहरूलाई व्यवसाय क्षेत्रमा हात हाल्न सुझाव दिएका छन्।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा हालका प्रमुख संरक्षक देबमान हिराचनले जर्मनीवासी नेपालीलाई ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीमा जो कोही नेपालीले पनि हातेमालो गरी आफ्नो ब्यवसायमा सहभागी हुन सकिने बताए।

हिराचनले यस कम्पनीले नेपालमा बिभिन्न क्षेत्रमा लगानीको लागि देशभित्र र देशबहिर रहेका नेपाली दुबैले लागानी गर्न सकिने जानकारी दिए। प्रबासमा रहेका नेपालीहरुको समन्वयले पनि आफूलाई थप हौसला मिलेको भन्दै पूर्णरुपमा जानकारी, विश्वास र सचेत भएपछि मात्रै आफ्नोलागायत कुनै पनि अन्य ब्यवसायहरुमा सहभागी हुन पनि सबैमा सचेत गराए।

तस्वीरः दयाराम पौडेल/ एचकेनेपाल डट कम

ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट प्रा.लि.कम्पनीमा सामुहिक साझेदारी लगानी सम्बन्धी प्रमुख आफू स्वयं रहेका हिराचनले प्रकृयागतरुपमा जुनसुकै आकारको पुंजीलाई पनि आफूले स्वागत गर्ने स्पष्ट पारे।

आयरल्याण्डमा सम्पन्न नयाँ वर्ष कार्यक्रममा सहभागी हुन जाने क्रममा हिराचनले जर्मनीस्थित नेपालीसंग पनि नयाँ बर्ष मनाउदै आफ्नो कम्पनीको बारेमा पहिलो पटक छलफल गरेका हुन्। गत बिहीवार जर्मनी आएका हिराचनसँग सामुहिक साझेदारी लगानीकावारेमा अन्तरकृया गर्न सगरमाथा समाजका अध्यक्ष पञ्च रत्न घेमिरेको पहलमा र एनआरएन जर्मनीका सल्लाकार बिजय मोक्तानको सहयोगमा सम्पन्न भएको थियो।

हिराचनले सामुहिक साझेदारी लगानीवारे योजना प्रस्तुत गर्नुका साथै जर्मनी निवासी नेपालीहरुको एनआरएन सम्बन्धी विभिन्न जिज्ञासाहरुमाथि पनि सम्बोधन गरेका थिए।

एनआरएन एक गैरराजनीतिक र नाफामूलक संस्था हो भन्ने अवगत गराउदै एनआरएन संस्थाले कुनै पनि किसिमको ब्यबसाय गर्न नपाउने तर एनआरएनका सदस्यहरु मिलेर कुनै एक समूह बनाएर कुनै पनि ब्यापारिक क्षेत्रमा लगानी गर्न सकिनेबारे प्रष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by