Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विश्वसाइकल यात्री सौरभलाई सम्मान

निमकान्त पाण्डे/ एचकेनेपाल डट कम-
दुबई, कठिन साईकल यात्रामा संसार जित्ने र संसार भर नेपाल र नेपालीलाई चिनाउदै विश्व शान्तिको कामना गर्ने महान अभियान लिएर युएईको शहर दुबईमा आइपुगेका विश्व साइकल यात्री सौरभ दाहाललाई यहाँका चितवनबासीहरूको साझा संगठन चितवन समाज युएईले सम्मान गरेको छ।

शुक्रबारका दिन बरदुबईमा (नेपाली चोकको नाम बाट नेपालीहरू माझ परिचित) पार्कमा अयोजित चितवन समाज कार्यसमितीको प्रथम पूर्ण बैठकको अवसरमा सौरभ दाहाललाई सम्पन्न गरिएको हो।

कार्यक्रममा साइकल यात्री दाहालले आफ्नो अभियानको उद्धेश्य तथा यात्राका क्रममा आफूले भोगेका अनुभबहरु सेयर गरेका थिए।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको बारेमा विश्वलाई जानाकारी दिंदै नेपालका गरीब तथा असाहाय बालबालिकाहरूको शिक्षाको लागि सहयोग जुटाउँदै हिंडेका दाहाललाई चितवन समाज युएईका तर्फबाट अध्यक्ष अरुण सुबेदीले सम्मान तथा आर्थिक सहयोग प्रदान गरेका थिए।

सम्मान तथा सहयोग ग्रहण गर्दै विश्व साइकल यात्री दाहालले यो सम्मानले आफ्नो अभियानमा अझ प्रोत्साहन मिलेको भन्दै चितवन समाज युएईलाई धन्यवाद ज्ञापन गरे। समाजको आर्थिक सहयोगबाट प्रभाबित भएर कार्यक्रममा उपस्थित थुप्रै नेपालीहरूले दाहाललाई ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने क्रम शुरु भएको देखिन्थ्यो। शुक्रबार छुट्टीको दिन नेपालीहरूको बाक्लो उपस्थिती रहेको क्षेत्र भएकोले उनलाई भेट्ने र तस्बिर खिच्नेहरूको ठूलो भिड लागेको थियो।

यसैबीच, चितवन समाज युएईको नवगठित कार्यसमितीको पहिलो पूर्ण बैठक समाजलाई बिस्तार गर्दै समाजलाई युएईमा रहेका सम्पूर्ण चितवनबासी नेपालीहरूको माझमा स्थापित गराउन बिभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। बैठकले समाजका सदस्यहरूलाई आइपर्ने बिभिन्न समस्याहरू समाधान गर्न समाजको तर्फबाट पहल गर्ने र आर्थिक सहयोगका लागि कल्याणकारी कोषको संचालन गर्ने समेत निर्णय गरेको छ। हरेक महिनाको दोश्रो शुक्रबार समाजको भेटघाट तथा बैठक हुने भएकोले उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by