Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्ड तानाशाह बन्दै गएको देव गुरूङको आरोप

एचकेनेपाल डट कम संवाददाता-
चितवन, ९ बैशाख । एकीकृत नेकपा माओवादीका नेता देव गुरूङले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तानाशाह बन्दै गएको आरोप लगाएका छन्।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न भरतपुर पुगेका नेता गुरुङले पत्रकारहरूसंग बोल्दै उक्त आरोप लगाएका हुन्।

बैद्य पक्षीय नेता देव गुरुङले जनआन्दोलन र जनताको चाहनालाई कुल्चदै पार्टीको लाइन विपरित एकल निर्णय गर्दै हिडेकाले प्रचण्ड तानाशाह भएको बन्दै गएको बताएका हुन्। उनले भने- ‘शान्ति प्रकृयाको तमाम काम बाँकी छँदै एकलौटी निर्णय गररे अध्यक्षले आत्म समर्पण गरे’। उनले आफ्ना गलत कामहरूको ढाकछोप गर्न बैद्य समूहलाई राजावादीसंग मिलेको भन्ने आरोपको खण्डनसमेत गरे।

माओवादीका सचेतक समेत रहेका गुरूङले भने- ‘त्यही राजाको विरोधमा हिजो संगै लडाइमा लड्यौ, आज फेरि हामी त्यही राजाको पक्षमा कसरी हुन्छौ, हामीमाथि लगाइएको कपोकल्पित र भ्रामक आरोप हो’।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by