Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गेसोको नयाँ आन्दोलनको थालनी

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
स्याङ्जा, फेदीखोला । स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मे डाडामा करीव दुई अर्ब लागतको गोरखा स्मारक निर्माणको बृहत योजनाको थालनी गरेको छ।

गेसोले आन्दोलनलाई नयाँ रुप दिनको लागि योजनाको थालनी गरेको हो। बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालयको उद्धघाटनसमेत गरेर कामको प्रारम्भ गरिएको गेसोले औपचारिक घोषणा गरेको छ। ६० हजार गोरखालीहरुलाई अन्यायपूर्ण बलिदानी गर्न बाध्य बनाउने बेलायतलाई झुकाउन भूतपूर्व सैनिक संघ (गेसो)ले फरक आन्दोलनको थालनी गरेको छ।

मन्तव्य दिदै गेसोको अध्यक्ष पदमवहादुर गुरुङ। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

बेलायती साम्राज्यका लागि प्रथम तथा द्धितीय विश्व युद्धका क्रममा मारिएका भूतपूर्व गोरखा सैनिकहरुको स्मृतिमा गेसोले गोरखा स्मारक आगामी पांच वर्षभित्र निर्माण गरिसक्ने गेसोले जनाएको छ। करीव तीन सय रोपनी जग्गामा निर्माण हुनलागेको स्मारकभित्र युद्धका क्रममा मारिएका विश्वका विभिन्न ६० देशको माटो राखेर गोरखा सैनिकहरुको प्रतिकात्मक समाधिस्थल निर्माण गरेर बेलायतले नेपाललाई कसरी बर्वादीको दिशामा पुरयाएको थियो र बेलायती साम्राज्य बिस्तारकालागि कसरी ६० हजार गोरखालीहरुलाई अन्यायपूर्ण बलिदानी दिन बाध्य बनाउदै युद्धमा होमेका थिए त्यसलाई संसारभरी पुर्याउने गेसोका अध्यक्ष पदमवहादुर गुरुङले जनाए।

साल्मे डाडामा निर्माणाधिन गोरखा स्मारक निर्माण स्थलमा सहभागीहरुलाई जानकारी गराउदै गेसोका अध्यक्ष पदमवहादुर गुरुङ।

स्मारकभित्रै गोरखा संग्रहालय निर्माण गरेर गोरखा सैनिकहरुको वीरताको कथा, उनीहरु बेलायती संनिकमा भर्ती हुदाको नेपालको अवस्था र भर्ती भएर फर्किएर आएपछिको गाउको दुर्गतिसहित ११ वटा जातीका सांस्कृतिक पहिचानका चिनारीहरुसहितको पुस्तकालयपनि राखिने उल्लेख छ।

पोखरावाट २६ किलो मिटर दूरीमा रहेको स्मारकले गोरखा संनिकहरुको वीरताको इतिहासलाई खोतल्नुको साथै पर्यटकीयरुपमा स्याग्जालाई विश्वमा चिनाउनेपनि अध्यक्ष गुरुङले बताए। करीव ६० फिट उचाईमा रहने स्मारकको टावरवाट एकै पटक १ सय १० जनाले हिमाली श्रृंखला लगायतका सुन्दर दृश्यहरु हेर्न सकिने र रेल चढेर स्मारकलाई चारै तिरबाट नियाल्न सकिनेपनि बताए।

गोरखा स्मारक टष्टकालागी जग्गा तथा नगद प्रदान गर्ने ९२ वर्षीय जमदार गजसिंह गुरुङलाई सम्मान गर्दै गेसो अध्यक्ष गुरुङ।

देशभरीका पत्रकार तथा बुद्धिजीवीहरु सहभागी कार्यक्रममा गोरखा स्मारक ट्रष्टका लागि जग्गा तथा नगद प्रदान गर्ने ९२ वर्षीय गंजसिंह गुरुगलाई गेसोका अध्यक्ष पदमवहादुर गुरुगले सम्मान गरेको थियो भवनको उद्धघाटन समेत जग्गा तथा नगददाता गुरुङले नै गरेका थिए।

अबको रुने पालो बेलायतको
अब बेलायतको रुने दिन आएको गेसोका अध्यक्ष पदमवहादुर गुरुङले बताएका छन् । गोरखा स्मारक निर्माणपछि विश्वले बेलायतले नेपालीमाथि गरेको मानवता विराधी कामको सन्देश जाने बताउदै गोरखा सैनिकहरुलाई आजसम्म रुवाउदै आएको बेलायतको रुनेपालो आउने उनले दावी गरे।

नेपालीको स्वाभिमानसंग जोडिएकाले निर्माणमा नेपाल र बेलायत सरकारको सहयोगलाई आफूहरुले अस्वीकार गर्ने गोरखा भूतपूर्व संनिक संघ (गेसो) का केन्द्रीय अध्यक्ष पदमवहादुर गुरुङले बताएका छन्।

स्याङ्जास्थित साल्मे डांडामा बन्न लागेको गोरखा स्मारक निर्माणमा भिख मागेर सञ्चालित नेपाल सरकार र ६० हजार गारखा सैनिकहरुलाई अन्यायपूर्ण बलीदानी गराउने बेलायती सरकारको सहयोग आफूहरुलाई नचाहिने गुरुंगले बताए। भूपू गोरखा दाजुभाईहरुकै लगानीमा र आवश्यक परे विश्वसंग सहयोग माग्छौ तर बेलायत र नेपालको सहयोग लिन्नौं उनले भने।

स्मारक निमार्णपछि तीन करोड नेपालीले हाम्रो देशलाई र भूपू सैनिकहरुलाई कसरी बर्वाद बनाएका रहेछन् भन्ने थाहा पाउने उनले बताए। अहिलेसम्म हामी लाहुरेहरुले मात्र बेलायती बदमासीको विरुद्ध लडिरहेका छौं अब यसको निर्माणपछि सारा नेपाली र विश्वले गेसोको आन्दोलनमा साथ दिने गुरुङले बताए।

कार्यक्रममा सभासदहरु रविन्द्र अधिकारी, हितकाजी गुरुङ, लेखक झलक सुवेदी, साहित्यकार श्यामल, नेपाल पत्रकार महासंघका केन्दीय पार्ष तथा औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राई, गेसोका पूर्वाञ्चल अध्यक्ष बिष्णु राई, गेसो मोरंग अध्यक्ष मानवहादुर राई, झापा अध्यक्ष धनपाल राईलगायतले मन्तव्य व्यक्त गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by