Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दक्षिण कोरियाबाट हेल्प नेपाललाई सहयोग

सरोज खड्का/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, १८ अप्रिल । दक्षिण कोरियामा बस्ने नेपालीहरुबाट बाजुरा जिल्लाको मनकोट गबिसको एउटा बिद्यालय निर्माण गर्न संकलन गरिएको ११ लाख कोरियन वन बरावरको रु ८० हजार सहयोग रकम हेल्प नेपाल नेर्टवर्कलाई हस्तान्तरण गरिएको छ।

हेल्लो नेपाल कोरिया डटकमका सम्पादक रघु त्रिपाठीको सकृयतामा संकलित सो रकम हेनेको नेपाल प्रतिनिधी पशुपती त्रिपाठीले हेल्प नेपाल नेटवर्कका संचालक रबिन्द्र मिश्रलाई बुधवार हस्तान्तरण गर्नुभएको हो। यसै बीच, बाजुराको उक्त बिद्यालय अन्य श्रोतमार्फत भर्खरै निर्माण पुरा भएकोले सो रकम हेल्प नेपाल नेटवर्क मार्फत चितवनका अत्यन्त बिपन्न चेपाङ बालबालिकाको सहयोगार्थ प्रयोग गरिने भएको छ।

चेपाङ बस्तिमा एक ८ वर्षीय बालकले भोक सहन नसकी घाँस खाँदा त्यो अडि्कएर उनको मृत्यु भएको र फेरी भोकमरीको स्थिति सृजना भएकोले सो सहयोग रकमलाई त्यहाँ उपयोग गरिने बिबिसी नेपाली सेवाका प्रमूख समेत रहेका हेल्प नेपाल नेटवर्कका संस्थापक रबिन्द्र मिश्रले बताउनु भएको छ। उहाँले बिदेशमा बस्ने नेपालीहरुको सहयोगकै कारण हेल्प नेपालले ८० वटा भन्दा बढी पुस्तकालय बिद्यालय तथा स्वास्थ्य चौकीहरु निर्माण गरिसकेको र त्यस बाहेक पनि अन्य धेरै काम गर्दै आएको बताउनु भयो।

यसै क्रममा दक्षिण कोरियाबाट पनि हेल्प नेपाल नेटवर्कलाई उत्साहजनक रुपमा सहयोग प्राप्त भइरहेको हेल्प नेपालका कोरिया संयोजक पत्रकार रघु त्रिपाठीले जानकारी दिनुभएको छ। दैनिक रुपमा हुने विभिन्न किसिमबाट अनावश्यक खर्चलाई केही कम गरेर नेपालीले नेपालीलाई सहयोग गरौँ भन्ने अभियान मार्फ कयांै भोका, नाङ्गा तथा शिक्षा र स्वास्थ्यबाट बन्चित बालबालिकाको अनुहारमा मुस्कान आउन सक्ने र कति बालबालिकाहरुले छात्रवृत्ति प्राप्त गर्न सक्छन् भन्ने कुरा बुझेर व्यवहारिक परोपकारमा संलग्न हुन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ।

दक्षिण कोरियाबाट शुरु भएको हेल्प नेपाल नेटवर्कको अभियानले एक महिनामै ८५ जना ब्यक्तिहरुबाट झण्डै १२ लाख कोरियान वन संकलन गर्न सफल भएको छ र धेरै व्यक्तिहरुले यस अभियानलाई सकारात्मक रुपमा लिएकोले सो अभियान सफल रुपमा अघि बढ्ने विश्वास गरिएको छ। हाल सम्म संकलित सहयोग रकम र सहयोग गर्नु हुने व्यक्तिहरुको नामावली निकट भविष्यमै सार्वजनिक गरिने बताइएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by