निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, संबिधान निर्माण र शान्ति प्रक्रियाको समय सिमा सक्किन अब केहिदिन मात्र बाकी हुंदा, जनताको शान्ति र संबिधानको जिम्मेवारी पुरागर्न भन्दै घनिभूत रुपमा गृहकार्यमा जुट्न केही अगाडि मात्रै देशका मुख्य दलहरुले सम्पूर्ण केन्द्रिय सदस्य, नेता र संबिधान शभाका सदस्यहरुलाई मुलुक छोडेर विदेश भ्रमणमा नजान ह्विप जारी गरिएको थियो।
तर पनि नेताहरु विदेश सयरमा निस्किने क्रम भने रोकिएको छैन। जसको ज्वलन्त उदाहरण भर्खरै यू.ए.ई.आएका एमालेका नेता के.पी.ओली बनेका छन्।
पार्टीमा आफैले बनाएको ह्विपलाई उलंघन गर्दै एमालेका अध्यक्ष नै भारत गएको एकहप्ते बसाइमा उपचारको कारण देखाउदै बाहिर हिडे लगत्तै अर्का एमालेकै बरिष्ट नेता र आफूलाई नेपाली राजनीतिको केन्द्रमा राख्दै बेला बेलामा बिबादास्पद कुरा गरेर सधै चर्चामा रहन मनपराउने नेता के.पी.ओली यू.ए.ई.को लागि विदेश भ्रमणमा आएका हुन्।
स्मरण रहोस, यतिबेला कैयौ नेताहरुले यो समयमा नेपालमा शान्ति र सम्बिधान निर्माणका लागि रहेको समय सिमाका कारण बिदेशका भ्रमणहरु तत्कालका लागि रोकेका छन् भने कयौ नेताहरु संलग्न कार्यक्रमहरु आफ्नै प्रवासी संघ, संस्थाहरुले समेत बहिष्कार गरेका समाचारहरु आइरहेका छन्।
यस्तो गहन समयमा पार्टीको र सिङ्गो देशको जिम्मेवार नेता भएर देश विदेश घुम्दा नत उनलाई सम्बिधान निर्माण र शान्ति प्रक्रिया प्रतिको जिम्मेवारीको नैतिकताले रोक्यो, न त पार्टीको ह्विपले,यस्तो समयमा बरु यू.ए.ई का केही संघ सस्थाले नेता ओलीलाई सम्मान कार्यक्रम समेत राखेर समय सन्दर्भ बिपरित सिङ्गो प्रवासी चेतनाको खिल्ली समेत उडाए।
यस्तै बिषयलाई अध्ययन गर्दै केही यू.ए.ई.का संघ सस्थाका युवाहरुले कालो झण्डा नै देखाएर बिरोध जनाउने सोच बनाएका थिए। तर पनि, मुख्यत परिषदका अध्यक्ष हरि घर्तिमगर जस्ता केही अनुभबी युवाहरुले यसलाई लोकतान्त्रिक अधिकार प्रयोग गर्दै नेता के.पी. ओली मार्फत सम्बिधान निर्माणका लागि प्रवासबाटै भएपनि एउटा दबाबमूलक सु-चेतनाको लागि सम्बिधान निर्माणकै सुझाबको भारी बोकाएर प्रवासी आदिबासी जनजातिको आवाजलाई एमाले पार्टी समक्ष ज्ञापनपत्रको रुपमा बुझाउने र यसलाई सम्बिधान निर्माणको यो महत्वपूर्ण समयमा नेपालका सम्बन्धित पार्टी र सभामुख समक्ष पुर्याउने जिम्मेवारी दिएर, रचनात्मक तरिका अपनाउने निर्णय गरेको थियो।
तर बिडम्बना प्रवासी संघ यू.ए.ई.ले आदिबासि जनजाती युवा परिषद यू.ए.ई.को सामुहिक निर्णय अनुसार तयार पारिएको ज्ञापन पत्र बुझाउने सो चाहनालाई अपमान जनक तरिकाले लत्याउने काम गर्दै सम्पूर्ण लोकतन्त्रबादी प्रवासीहरु र आदिबासी जनजातीहरुलाई अपमानित गर्ने काम गरेको छ।
घटनाको जानकारी अनुसार प्रबासी नेपाली संघद्वारा आदिवासी जनजाती युवा परिषद युएईका अध्यक्ष हरी घर्ति मगरलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेर पनी अतिथिमा नबोलाएपछि परिषद्को तर्फबाट तयार पारिएको ज्ञापन पत्र मात्रै भएपनि प्रवासी संघका जिम्मेवार सदस्य यबम कार्यक्रम संचालक श्याम पाठक मार्फत नेता के.पी ओलीलाई ज्ञापन-पत्र बुझाएउनु भएका परिषद्का अध्यक्षलाई उल्टो अपमानजनक तरिकाले स्वयम सेवक लगाई कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो।
प्रबासी नेपाली संघको लेटर प्याडबाटै निमन्त्रणा पाईसकेपछि प्रबासमा रहेका हज्जारौ आदिबासी जनजातिको प्रतिनिधित्व गर्दै कार्यक्रम स्थल पुगेका परिषद्का अध्यक्ष हरी घर्ति मगरले कार्यक्रममा उपस्थित हुनु भएका के.पी.शर्मा ओलीलाई ज्ञापन-पत्र दिन आग्रह गर्दा कार्यक्रम स्थलबाट स्वयम सेवक लगाई बाहिर निकालिएको आदिवासी जनजाती युवा परिषद युएईले जनाएको छ।
बहुदलीय जनबादको राप अलापेर कहिल्यै नथाक्ने पार्टीको प्रवासी संगठनको सो सैली हिजोका पंचायती प्रतिकृयावादी र क्रुर राणा शासन कालमा समेत दिन पाइने बिन्तिपत्रको निश्चित अधिकारलाई समेत बिर्साउने गरि भएको तल्लो स्थरको हर्कतले फासीवादी शैलीको प्रदर्शन गरेर सिङ्गो लोकतन्त्रिक अधिकारको अपमान गरेको आरोप लगाउदै यो घटना मार्फत सिङ्गो प्रबासमा रहेका लोकतन्त्रबादी शक्ति र आदिबासी जनजातिको अपमान गरेको ठहर गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस