एचकेनेपाल डट कम संवाददाता-
दक्षिण कोरिया। नेपाली राजदूतावास तथा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया समितिको संयुक्त आयोजनामा “लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म” बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।
नेपाली राजदूतावासका कार्यवाहक राजदूत राजाराम बर्तौला, सभाका प्रमुख अतिथि तथा प्रबचक जिन्गाक बौद्ध सम्प्रदायका अध्यक्ष गुरुबर ह्ये जंगज्यू, लुम्बिनी भ्रमण वर्ष २०१२ का संयोजक गुरु नबिन बज्राचार्यज्यू, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङबाट संयुक्तरूपमा सभाको उद्घाटन पानसमा बत्ति बालेर गर्नुभएको थियो।
कार्यक्रममा उहाँहरुको स्वागत खाता ओडाएर भएको थियो। कार्यक्रमको सुरुवात बिश्व शान्तिको लागि गुरु नबिन बज्राचार्यद्वारा बुद्ध धर्म अनुरुप प्रार्थनाबाट भएको थियो भने अन्त पनि सम्पूर्ण प्राणीहरुको सुख शान्तिको लागि प्रार्थनाबाट गरिएको थियो।
कार्यक्रममा स्वागत भाषण लुम्बिनी भ्रमण बर्षका सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङले गर्नु भएको थियो।
कार्यक्रमम प्रमुख प्रबचक कोरियाको दोस्रो ठूलो बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय गुरुबर ह्ये जंगज्यूले प्रबचन दिनु हुँदै भन्नु भयो ” संसारमा तीन वटा कुराको बढी महत्त्व छः प्राकृतिक सम्पदामा अग्लो हिमाल सगरमाथा, सर्बश्रेष्ठ
प्राणीमा बुद्ध, सर्व श्रेष्ठ दर्शनमा बुद्धले दिएको शान्तिको दर्शन हो। यसकारण अग्लो हिमाल भएको नेपाल र सर्बश्रेष्ठ प्राणी बुद्ध जन्मिएको नेपाल जन्मिएको देश भएकोले नेपालीहरुले यी दुबैलाई आफ्नो काँधमा राखेर बुद्धको शान्ति दर्शनलाई बिश्व भर प्रचार गर्नुपर्ने अभिभारा रहेको छ। शान्तिको दर्शनलाई प्रचारप्रसार गर्न एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्ने कुरा फूल र फूलका पत्रहरुको उदहारण देखाउंदै निक्कै सरल रुपमा बुझाउनु भयो।
लुम्बिनीको बिषयमा १९८६ तथा २०१२मा उहाँले लुम्बिनी भ्रमण गरेको प्रसङ्ग सुनाउंदै १९८६ ताकाको लुम्बिनीको स्वरुप र अहिले २००९ मा लुम्बिनीको स्वरुपमा धेरै परिवर्तन देखेको र आफ्नो मन मस्तिस्क १९८६कै लुम्बिनी स्वरुप ताजा रहेको बताउंदै पुरातात्वीक स्थल तथा बस्तुहरुलाई यथास्थितिमै संरक्षण गरेर राखेमा मात्र त्यसको महत्त्व हुने र समयसंगै महत्त्व बढ्ने हुँदा लुम्बिनीलाई पनि आधुनिक तरिकाले बिकाश गर्नुभन्दा पहिलेकै लुम्बिनीको स्वरुप मै संरक्षण गर्नु पर्ने कुरालाई जोड दिंदै यसरी गर्दा जिन्गाक बौद्ध सम्प्रदाय यसमा नेपाल सरकार तथा जनतालाई साथ दिन सक्ने प्रतिबद्धता जाहेर गर्नु भयो।
अन्तिममा जिन्गाक बौद्ध सम्प्रदायले बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा रहेको भन्ने तथ्यलाई प्रचार प्रसार गर्दै आईरहेको र आगामी दिनहरुमा अझ बढी आफ्नो तर्फबाट सक्दो प्रचार प्रसार गर्ने बताउनु भयो। “उपस्थित नेपाली जनसमुदायको प्रश्नको उत्तर दिने क्रममा लुम्बिनी नेपालमा भएको कुरालाई कोरियामा भएका सम्पूर्ण संस्थाहरुले संस्थागत रुपमा तथा प्रत्येक व्यक्तिहरुले पनि व्यक्तिगत रुपमा सम्बन्धित कोरियन सरकारी निकायहरुलाई पत्राचार गरेमा बुद्ध जन्मभूमि लुम्बिनी नेपालमा रहेको कुरा कोरियामा ब्याप्त रहेको बुद्धको जन्म स्थान सम्बन्धी रहेको भ्रम हटाउन अझ सजिलो हुने बताउनु भयो।
कार्यक्रममा नेपाल राजदूतावासका कार्यबाहक राजदूत राजाराम बर्तौलाज्यूले धन्यबाद ज्ञापन गर्दै लुम्बिनीको प्रचार प्रसारमा तथा नेपालको भूमि पुत्र बुद्धको उपदेशलाई कोरिया भरि प्रचार प्रसार गर्नु भएकोमा धन्यबाद पत्र दिनुभएको थियो। जिन्गाक बौद्ध सम्प्रदायबाट धन्यबाद सहित जिन्गाकको सम्झनाको चिनो दिनुभएको थियो भने लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको तर्फबाट लुम्बिनीको तस्विर प्रदान गरिएको थियो।
अन्तर्क्रिया कार्यक्रममा नेपालका श्रम सहचारी श्री कृष्ण हरि पुस्करलगायत अन्य सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि गरी करिब ८० जना कोरियाबासी नेपालीहरुको सहभागिता रहेको कार्यक्रम निर्धारित समयमा सुरु भएर
निर्धारित समयमै सम्पन्न भएको थियो।
अन्तमा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सफलताको कामना गर्दै सम्पूर्ण उपसमितिका सदस्यहरुलाई श्रद्धेय गुरु ह्ये जंगज्युले शुभकामना स्वरुप खाता ओडाई दिनु भएको थियो। कार्यक्रमको संचालन कोरियन भाषामा लुम्बिनी भ्रमण बर्ष कोरियाका उपसमितिका संयोजक गुरु नबिन बज्राचार्यज्यू तथा नेपालीमा सो उपसमितिका सदस्य राज देसारज्यूले गर्नु भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस