Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बालअधिकार सम्बन्धी कार्यशाला सम्पन्न

देवराज राई/ एचकेनेपाल डट कम-
हङकङ, १५ अप्रिल । हेवेन्लीपाथ हङकङको आयोजनामा संचालित स्वस्थ सुखी बाल्यजीवन कार्यशाला सीएमए माध्यमिक विद्यालय टुनमुनमा समापन भएको छ।

कार्यक्रममा बाल विकास परियोजना हङकङकी प्रतिनिधि मिस योभना ल प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन्। आठ हप्ता लामो श्रृङखलावद्ध असल अभिभावकत्व कार्यशाला एवं बाल अधिकार कार्यशालामा सहभागी भएका अभिभावक तथा बालबालिकालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

सबै तहका बालबालिकाहरुलाई लक्षित गरी र तिनका अभिभावकहरुलाई हङकङको व्यस्ततामा कसरी असल अभिभावकको जिम्मेवारी बहन गर्ने र उनीहरु कसरी मार्गनिर्देश गर्ने एवं बालबालिकाको चौतर्फी विकासमा अभिभावकहरुको भूमिकाका विषयमा अभिभावकहरुले अध्ययन गर्ने अवसर पाएको यस कार्यशालाका एक सहजकर्ता शिक्षिका पूर्णकला गुरुङले बताइन्।

समापन समारोहको पहिलो खण्डमा प्रमुख सहजकर्ता मिस ब्रेन्डा लिजेन्वीले अभिभावकहरुलाई ७ हप्ते कार्यशालाको समीक्षा प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा बालबच्चाका आर्टहरु, फोटो तथा भिडियोहरु समेत प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा बालबालिकाहरुले गीतहरु समेत प्रस्तुत गरेका थिए। बाल विकास परियोजना हङकङ सरकारको प्रायोजनमा संचालन भएको यस कार्यशालामा विभिन्न विद्यालयका शिक्षकहरु प्रत्यक्ष सहभागी भएका थिए। कार्यशालामा आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण रहेको बालबालिकाहरुलाई परिवर्तन गर्नु अघि आफूमा समेत परिवर्तन ल्याउनु पर्ने ज्ञान सिकेको सहभागी अभिभावकहरुले बताए।

समापन समारोहमा एनएआरएन हङकङका अध्यक्ष दुर्गावहादुर गुरुङ, व्यापटिष्ट यूनभर्सिटीमा हाल पीएचडी गरिरहेका चुरा थापा, सीएमए स्कुलका प्रिन्सिपल मिस्टर लामलगायत विभिन्न विद्यालयका क्षिक्षकहरु उपस्थित थिए।

कार्यक्रममा प्रमुख अतिथि मिस योभना लले हेवेन्लीपाथले बाल अधिकारका लागि गरेको उल्लेख्य कामको प्रशंसा गरेका थिए। कार्यक्रममा सीएमए माध्यमिक विद्यालय इन्टरनेशनल डिभिजनका डेप्युटी डाइरेक्टर अमोदकुमार राई, सहजकर्ता मिस ब्रेन्डा लिजेन्वी एनआरएनका अध्यक्ष दुर्गाबहादुर गुरुङ, शिक्षक चुरा थापा, डा. धिराज गुरुङ, आर्टिले आफ्नो मन्तव्य राखेका थिए।

हेवेन्लीपाथ हङकङका अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको समारोहमा उपाध्यक्ष हेमबहादुर गुरुङ र सचिव गनेशजंग रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन पूर्णकला गुरुङ र देवराज राईले गरेका थिए।

कार्यशाला हरेक आईतबार मार्च २६ तारिखदेखि हरेक आईतबारका दिन आयोजना गरिदै आएको थियो।

यस्ता कार्यशालाहरु आफ्नो दर्शनसँग मिल्दोजुल्दो भएका कारण हेवेन्लीपाथले आगामी दिनहरुमा पनि नियमित आयोजना गर्ने जानकारी गराएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by