Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एकै साँझमा १ लाख १५ हजार पाउण्ड संकलन

मिलन तमु / एचकेनेपाल डट कम-
मिचेट, बेलायत। नवबर्ष २०६९ को शुभअवसरमा शुभकामना आदानप्रदान गर्दै आर्थिक संकलन गर्ने उद्धेश्यले तमु धिं यूके च्यारीटी डिनरको आयोजना गर्दै एक लाख पन्ध्र हजार पाउण्ड उठाई नयाँ किर्तीमान राखेको छ।

‘तमु भवन’ को मोर्गेज फ्री बनाउने योजना अव करीव करीव नजीक पुगेको कुरा अध्यक्ष मुछेत्र गुरुङ्गले हाम्रा बताए।

च्यारिटी डिनरका संयोजक मे.रि. डमर घले (एमबिई) ले ‘म संयोजक भएता पनि सबै तमु धिं यूकेका शुभचिन्तकहरुको अथक प्रयासबाट मात्रै यो संभव भएको हो’ उत्साहित हुदै भने। तत्कालीन तेश्रो कार्यसमितिका अध्यक्ष मे.डमर घले (एमविइ) को नेतृत्वमा बृहत तमु भेला र डिनर कार्यक्रम ४ नोभेम्वर २००६ सम्पन्न गरी तमु धिं भवन खरीद गर्ने जिम्मा क्या. रि. हितमान गुरुङ (एम.बि.इ.) लाई सुम्पिएका थिए। फलस्वरुप चौथो कार्यसमितिका अध्यक्ष मे.रि. लाल बहादुर गुरुङ्गको कार्यकालमा तमु धिं भवन खरीद गरियो।

तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम

करीब ०.।८५ हेक्टरमा अवस्थित यो भवन मिचेट, सर्रेस्थित “अल सेन्टस चर्च” को नामले चिनिन्थ्यो। बेलायतवासी गुरुङ्गहरुले कम्यूनिटी हल “तमु भवन” को आवश्यकता महसुस गरी चन्दा संकलन गरी “तमु धिं भवन” को खरीद २००७ सालमा गरिएको थियो।

सयौं गुरुङ्ग तथा नेपालीहरु शुभेच्छक र दानवीर अग्रजहरुको त्याग नै यो भवन अगाडि “दि तमु नेप्लिज कम्यूनिटी सेन्टर” को नामले करीब २५० जनाको सुविधायुक्त वैठक कक्षा, कारपार्क, वार र टेलिफोन सुविधायुक्त सुख, दुःख, विवाह सभासम्मेलन र बैठक सेमिनरको लागि पूर्ण संचालनमा आईरहेको छ।

गत शनिवार तमु धिं भवन मिचेटमा आयोजित चेरेटी डिनरमा करीब १ लाख १५ हजार पाउण्ड संकलन गर्न सफल भएको छ। कार्यक्रममा चन्ददाताहरुको नामावली बोर्डको उद्घाटन गरिएको थियो। चारवटा बोर्डमा तयार पारिएको बोर्डको प्रथम उद्घाटन तत्कालिन हाउजिङ्ग कमिटिका अध्यक्ष क्या.रि. हितमान गुरुङ्ग (एम.बि.इ.), दोस्रो बोर्ड सल्लाहकार डा.चन्द्र बहादुर गुरुङ्ग, तेस्रो बोर्डको सबैभन्दा ठूलो चन्ददाता तथा पूर्व अध्यक्ष मे.रि. लाल बहादुर गुरुङ्ग ५ हजार ५ सय पाउण्ड र अन्तिम बोर्डको उद्घाटन संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ्गले रिवन काटेर उद्घाटन गरेका थिए। समारोहमा करतल ध्वनि र पट्काहरु पड्काइएको थियो।

तमु धिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ तथा लक्ष्मी गुरुङ्गले चन्ददाताहरु र नयां आजीवन सदस्यहरुले खादा ओढाएर सम्मान गरेका थिए। करीब ३५० जना चन्ददाता र परिवारको उपस्थिति रहेको उक्त कार्यक्रममा शसी गुरुङ्ग, सौगात गुरुङ्गले नृत्य प्रस्तुत् गरेका थिए भने दिलिप गुरुङ्ग र लालप्रसाद गुरुङ्गले गीत गाएका थिए। गोरे (गम) गुरुङ्गले कलाकारहरुलाई गरेका थिए।

कार्यक्रममा तमु धिं यूके आमा समूहबाट राफल ड्र मा महत्वपूर्ण सहयोग गरेका थिए भने चित्रकार विजेन गुरुङ्गले तयार पारेका नेपाली कला संस्कृति झल्कने चित्र (आर्ट) लिलाम बिक्रीमा राखेका थिए। लिलाम बिक्रीबाट करीव ९५० पाउण्ड संकलन भएको थियो। राफल ड्र तथा लिलाम बिक्री कार्यक्रमलाई क्या.रि. ग्यारी घलेले रमाइलो गरी संचालन गरेका थिए।

च्यारिटी डिनरका संयोजक मे.रि. डमर घलेले उपस्थित सबैलाई स्वागत गर्दै तमु धिं यूकेले समाज सेवामा पुर्‍याउदै आएको योगदान संसार भरका गुरुङ र नेपालीहरुबीच पुग्न सफल भएको बताउदै सबै शुभचिन्तक एंव चन्ददाताहरुलाई हार्दिक धन्यवाद दिएका थिए। तमु धिं आमा समूह, खानपिन व्यवस्थापक भिम गुरुङ्ग, फोटो ग्राफर मिलन तमु, नेपाली टिभी, एभरेष्ट टाइम्स, डि.जे.मानध्वज घले, फेन्सी ड्रेस विजेता, राफल स्पोन्सर र कलाकारहरुलाई धन्यवाद दिएका थिए।

त्यसैगरी लाईफ इन यूकेको सट्टामा ESOL संचालन गर्दै आएका संचालकत्रय हरिकाजी गुरुङ्ग, मिलन ज्ञवाली र मधुकर गुरुङ्गले एकसय पाउण्ड सहयोग पुर्‍याएका थिए। सो अवसरमा तमु धिंलाई सहयोग पुर्‍याउने चन्ददाता प्रदिप पटिल, भवनको पुर्नसंरचना, सिलिङ, कारपार्क र पर्खाल लगाउन मद्दत पुर्‍याउने क्या.रि.तिर्थमान गुरुङ्ग र क्या.रि.चित्र बहादुर गुरुङ, काउन्सिलर गम गुरुङ्ग, तमु धिं लण्डन शाखाका निर्वमान अध्यक्ष चित्र बहादुर गुरुङ्ग, सल्लाहकार जित गुरुङ्ग, विजेन गुरुङ्ग, संयोजक तथा सल्लाहकार मे.रि. डमर घले (एम.बि.इ.) र श्रीमती केटिमाया घलेलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रमको अन्त्यमा सामूहिक नृत्यका साथ नवबर्षको शुभकामना आदानप्रदान गर्दै गोर्खा कपमा भेट्ने वाचाका साथ मध्यरातमा कार्यक्रम समाप्त भएको थियो।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by