शरद कुमार/ एचकेनेपाल डट कम-
जापान, थकाली सेवा समिति जापानले आफ्नो २१ औं बार्षिक साधारणले शरद कुमार गौचनको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ। साथै थकालीहरुको महान चाड फागुपूर्णिमा “तोरन्ल” एवं नेपाली नया बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै एघारौं महा-अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ।
नेपालदेखि आउनु भएका लुम्बिनी भ्रमण बर्ष २०१२ को अबैधानिक दूत तथा सर्वोच शिखर सगरमाथा आरोही एवं बयोवृद्ध गिनिज बिश्व रेकर्डर मिन बहादुर शेरचनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको बिशेष अतिथिमा वुईलभ नेपाल डटकमका प्रधान संपादक सोनाम शेर्पा र अर्का बिशेष अतिथि तमुधीं जापानका अध्यक्ष हर्क गुरुङसहित अन्य अतिथिहरुमा नेपाल जापान डटकमका प्रधान संपादक शरद शेरचन, नेपाल जापान सास्कृतिक संघका अध्यक्ष बिनोद शेरचन र थसेस जापानका अग्रज नपेन्द्र भट्टचन र दिपक भट्टचनको पनि उपस्थिति रहेको थियो।
पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि तथा सगरमाथा आरोही विश्व कीर्तिमान मिन बहादुर शेरचनलगायत बिशेष अतिथि र ड्यासमा आशण अतिथिहरुले सामुहिक रुपमा ब्यानर खोलेर उटघाट्न गर्नुभएको थियो। त्यसपश्चात थकाली पहिरणमा सज्जिएका थकाली महिलाहरु दिना गौचन, समि शेरचन र चिजु भट्टचनले थकालीहरुको चार देवता र नरिझ्यवलाई पूजा अर्चना एवं खिमि झोजि (पृतु पूजा) गर्दै समुद्घाटन कार्यक्रम सम्पन्न गरेका थिए।
समितिका सह-कोषाध्यक्ष तथा खेलकुद संयोजक, दिपक गौचनले स्वागत भाषण एवं खेलकुद उप-समितिको बार्षिकी बिवरणहरु र समितिको उद्धेश्य, आवश्यकता, वर्तमान अबस्था सहित बिबिध क्रियाकलापहरुको बारेमा बोल्नुभएको थियो । त्यस पश्चात समितिका कोषाध्यक्ष बुद्धि गौचनले संस्थाले अति नै पारदर्शी रुपले ब्यबस्थित गर्दै आएको आयव्यय प्रतिवेदन प्रोजेक्टर सलाईड मार्फत प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी, वेब कमिटिका संयोजक शरद शेरचनले पनि आफ्नो उपसमितिको गतिबिधि प्रष्ट्याउनु हुदै २१ औं शताब्दिको बर्तमान कम्युटर जमानामा बिश्वलाई सानो गाउंको रुपमा परिवर्तन बनाएको छ र हामी पनि उक्त आइ टी संसारको भरपूर उपयोग गर्दै संस्थाको गतिबिधि र हरेक कार्यक्रमहरु वेब साईट मार्फत सार्वजनिक गरिएको र आम महानुभावहरुको संस्था प्रतिको सबै खालको प्रतिक्रियाहरुको लागि हार्दिक स्वागत गर्दछौं भन्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी, समितिका महासचिब अनिल भट्टचनले बिगत २ बर्षमा नेपाल लागि गरिएका आर्थिक सहयोग लगायत अन्य बिबिध सहयोग, जापानमै गत बर्ष दैवि प्रकोपमा २ पटक गरिएको आर्थिक सहयोग सहित भूकम्प तथा सुनामी एवं बिकिरण पीडित क्षेत्रमा आफूसहित ३ सदस्य प्रत्यक्ष सम्मिलित भई खाना खुवाउने कार्यमा संलग्न भएको कार्य प्रगति बिवरण लगायत अन्य दर्जनौं संस्थाको गतिबिधिहरु बृस्तित ब्यहोरा सहित समितिको बार्षिक प्रतिवेदन स्वरुप पेश गर्नु भएको थियो। सभाहलबाट सम्पूर्ण प्रस्तुत प्रतिवेदन उपर निर्बिवाद रुपमा सर्वसम्मतिबाट पास भएको थियो।
त्यसपश्चात, थसेस जापानको तर्फबाट बिभिन्न गतिबिधिमा आवश्यक सल्लाह, सुझाब र मार्गनिर्देशन गर्दै समितिको मान, मर्यादा र प्रतिस्ठा बढाउने कार्य गरेबापत सर्वोकृष्ट ब्यक्तित्वहरुलाई अध्यक्षद्धारा सम्मान पत्र र खादाअर्पण गरि सम्मान गरिएको थियो। जसमा अनलाईन पत्रकार सोनाम शेर्पा, समाजसेवी राजु हिराचन, समाजसेवी जापानीज मोचिजुकि कियोहिको, समितिका कोषाध्यक्ष बुद्धि गौचन र सल्लाहकार नपेन्द्र भट्टचन हुनुहुन्थ्यो।
त्यसैगरि बिश्वकै जेष्ठ नागरिकको रुपमा सबभन्दा अग्लो हिमचुली सगरमाथा आरोहित तथा लुम्बिनी भ्रमण बर्ष २०१२ को अबैधानिक सदभावनादुत मिन बहादुर शेरचनलाई र गत मार्च १८ मा सम्पन्न २१ औं शुभकामना साँझको स्थानिय कलाकारहरु क्रमश: सन्तोषी गौचन, प्रमिला डंगोल (गौचन), सारदा भट्टचन, स्परट भट्टचन, सोनि भट्टचन, अपेक्क्षा लिम्वु र संजिमा शेरचनलाई पनि धन्यबाद सम्मान सहित खादाअर्पण गरिएको थियो । साथै थकाली समुदायका नवविवाहित जोडि,राजु शेरचन तथा समि शेरचन, बिश्वबिध्याल ग्य्राडज्युट बिध्यार्थी सन्तोषी गौचन एवं जापानमा नव आगन्तुक चिजु भट्टचन र राजेन्द्र शेरचनलाई पनि संस्थाको तर्फबाट बढाई, स्वागत सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा सगरमाथा आरोहित बिश्व कृतिमान जेष्ठ नागरिक मिन बहादुर शेरचनले आफ्नो मन्तब्यको क्रममा बि.स. १९८८ असार ६ गते म्याग्दी जिल्लामा जन्मिएर ७२ बर्षको उमेरमा नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली लगायतका ठाउमा पैदल यात्रा गरिसकेको र २००८ मे २५ तारिखका दिन ७६ बर्षको उमेरमा सफलतापूर्वक बिश्वको सर्वोच शिखर सगरमाथामा आरोहण गरेर बिश्वकै बयोबृद्ध नागरिकको रुपमा गिनिज वल्ड बुकमा रेकर्ड राख्न सफल भएको जानाकरी गराउनु भयो। साथै फेरि पनि २०१२ सालमा ८१ बर्षको उमेरमा पुनः सगरमाथा चढेर नयाँ कृतिमान कायम गर्ने योजना रहेको जानाकारी दिदै शेरचनले आफैले आफ्नै नयाँ कीर्तिमान कायम गर्ने र उक्त कीर्तिमान नेपालमै रहनुपर्छ भन्ने मान्यता र भावना रहेको ईच्छा जाहेर गर्नुभयो। त्यसको निमित्त बिदेशी कम्पनीहरुले प्रस्ताव गरिरहेको भएता पनि त्यस्तो सोच नरहेको बताउदै म राष्ट्र बिकास र पर्यटन प्रवर्द्धनको लागि निरन्तर लागि परेको र म बिदेशी कम्पनीको नाममा नभई आफ्नै स्वदेशको नाममा बिश्वको सर्वोच्च शिखर आरोहण गर्न चाहन्छु त्यसको निमित्त केही आर्थिक सहयोग नेपाल सरकारको तर्फबाट र नेपालमै संकलन भईसकेको बाँकी केही आर्थिक सहयोग रकम संकलनको लागि जापानबासी एनआरएन र बिभिन्न संघसंस्थालाई पनि हार्दिक अनुरोध गर्दछु – उहाँले भन्नु भयो।
अन्तमा पहिलो चरणको कार्यक्रमलाई सभापति तथा समितिका अध्यक्ष शरद कुमार गौचनले आफू थसेस जापानको स्थापना कालदेखि हालसम्म निरन्तर २१ बर्ष निरन्तर क्रियाशिल रहेको र यस अबधिमा बटुलेका तिता मिठा अनुभवसहित थसेस जापानको ईतिहास लेख्न हरपल लागि पर्ने प्रतिबद्धता सहित आफ्नो २ बर्षे कार्यकालमा सहयोग गर्नुभएका सम्पूर्ण जापानबासी थकालीहरु र आफ्ना सहयात्री टिमलाई समेत हार्दिक धन्यबाद दिदै बर्तमान कार्य समिति भंग गर्नु हुदै बन्दसत्रमा प्रवेश गराउनु भएको थियो। तत्पश्चात निर्वाचन कमिटिका संयोजक शरद शेरचनद्धारा घोषित थसेस जापानको आउँदो कार्यकालको लागि पुन: शरद कुमार गौचनकै अध्यक्षतामा ३३ नवनिर्बाचित नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरिएको कुरा जानाकारी गराउनु भएको थियो। घोषित उपाध्यक्षहरुमा क्रमश: शशि गौचन, अनिल भट्टचन र दिपक गौचन, महासचिबमा राजु शेरचन, सचिबमा हेमन्त कुमार शेरचन र सञ्जिब गौचन, कोषाध्यक्षमा बुद्धि गौचन, सह-कोषाध्यक्षमा लेनिन भट्टचन र घनश्याम भट्टचन रहनु भएको छ।
त्यसैगरी सदस्यहरुमा, सादगि तुलाचन, सन्तोषी गौचन, धन शेरचन, यसोदा गौचन, हिक्मत गौचन, सुरज शेरचन, अरुण भट्टचन, जयकार शेरचन, बिकल भट्टचन, हिरा शेरचन, जिवन भट्टचन, बिज्ञान गौचन र सुमन गौचन निर्वाचित हुनु भएको छ। समितिको सल्लाहकारहरुमा बिनोद शेरचन, दिपक भट्टचन, प्रकाश तुलाचन, बुद्धि शेरचन, मनोज तुलाचन, बिजय गौचन र गोविन्द तुलाचन रहनु भएको छ भने, बिशेष सल्लाहकारहरुमा ध्रुब भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचन सहित संरक्षकमा डा.योगेन तुलाचन यथावथ नै पद ग्रहण गर्नु भएको छ । नब निर्वाचित कार्य समितिका अध्यक्षलाई प्रमुख अतिथि मिन बहादुर शेरचनले खादार्पण गर्दै पदिय गोपनियता (सपथ ग्रहण) गराउनु भएको थियो भने नबनिर्वाचित अध्यक्षले आफ्नो सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो।
दोस्रो चरणको कार्यक्रममा बिविध साँस्कृतिक कार्यक्रमको शुरुआत सँगै डिनर रिसेप्सन सहित राजु शेरचनको डिजे धमाकाले उपस्थिति सम्पूर्ण महानुभावहरुलाई अन्तसम्म नाचगान र भरिपूर मनोरञ्जन गराएको थियो। सम्पूर्ण कार्यक्रमको संचालन उपाध्यक्ष अनिल भट्टचन र कार्यक्रमको ब्यबस्थापन पक्षको जिम्मा संयोजक लेनिन भट्टचन, सह-संयोजक घनश्याम भट्चन र सदस्य सञ्जिब गौचनले अति नै ब्यबस्थितका साथ मिलाउनु भएको थियो। कार्यक्रम हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा गरिएको थियो।
CLICK HERE TO VIEW MORE PHOTOS