Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जातीय राज्य नभए प्रचण्डहरूले खुट्टा टेक्ने धर्ति पनि पाउँदैनन्: मन्त्री किराती

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ बैशाख । संस्कृति, संविधानसभा, संसदीय ब्यवस्था तथा संघीय मामिला मन्त्री गोपाल किरातीले जातीय पहिचना सहितको स्वायत्त राज्यविरुद्ध सहमति गरेर आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा खुट्टा टेक्ने धर्तिसमेत नपाउने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री किरातीले प्रमुख नेताहरुले आफ्नो राजनीति कायम राख्ने हो भने जातीय पहिचान सहितको स्वायत्त राज्यमा सहमति गर्नु पर्ने बताए।

साक्षात्कारमा उनले जातीय पहिचान सहितको संघीयतामा मुलुक नगए जेठ १४ पछि मुलुकमा विद्रोह गर्ने चेतावनी दिदै जनताको विद्रोह गर्ने र त्यसलाई सरकारले समर्थन गरेर संघीयतालाई कार्यान्वयन गर्ने ठोकुवा समेत गरे।

जातीय पहिचान सहितको राज्य नबने आफू त्यसको विरुद्धमा जीवन त्याग समेत तयार रहेको स्पष्ट पार्दै कम्तीमा पनि ११ बटा राज्य हुनै पर्ने दावी गरे। उनले भने-११ वटा भन्दा कम राज्य मानिदैन। त्यसको लागि जस्तो सुकै बलिदान गर्न पनि तयार छु।

उनले सविधानसभाको राज्यको पुनसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार गरेको प्रतिवेदनको आधारमा मुलुकमा संघीयता हुनु पर्ने भन्दै त्यस विरुद्ध ८ प्रदेशमा सहमति गर्न खोजे माओवादीले नमान्ने र त्यसबेला एमाले र काग्रेससँगको सम्बन्ध विच्छेद हुने चेतावनी दिए। उनले भने-जव ८ प्रदेशमा सहमति बन्छ। त्यसबेला एमाले र काग्रेससँगको सम्बन्ध टुट्छ। त्यसलाई माओवादी, मधेस र हिमालले स्वीकार्दैन मुलुकको अवस्था भयानक हुन्छ।

हिमालमा शेर्पा, जडान र लिम्बुवान जस्ता राज्यको सुनिश्चिता नभए मुलुकको आन्तरिक सुरक्षामै खतरा आउने भन्दै त्यस्तो खतरा आन्तरिक र बाह्य दुबैबाट हुने चेतावनी दिए।

अरु दलले भने जस्तो अहिले सरकार परिवर्तनको आवश्यकता नरहेको स्पष्ट पार्दै मन्त्री किरातीले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वकै सरकारले संविधान जारी दावी गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by