Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोरियामा नेपालीद्वारा आत्महत्याको प्रयास

डम्बर सुब्बा / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, रोजगारीको सिलसिलामा इपीएसमार्फत कोरिया आएका पदम पन्तले आत्महत्या गरेको समाचारको मसी सुक्न नपाउंदै अर्का एक नेपालीले आत्महत्या गर्ने प्रयास गरेका छन्।

आइतबार विहान ख्वाङ्गजु शहरको एक दर्ता नभएको कृषि कम्पनीमा कार्यरत नेपाली मजदुर ज्ञान बहादुर गोतामेले झुण्डिएर आत्माहत्या गर्ने क्रममा उद्धार गरिएको भएपनि अवस्था भने चिन्तावनक रहेको यहाँस्थित नानुम समाचारपत्रले जनाएको छ।

कृषि कम्पनीका मालिक छन भन्छन्- ‘विहान फिनिल हाउसमा जांदा फिनिल हाउसको डन्डीमा झुन्डि रहेको अवस्थामा भेटिएका थिए। शरीर छाम्दा मृत भई नसकेकोले हतार हतार अस्पताल ल्यायौ। पहिलो दिन नेपालमा रहेको परिवारहरुसंग टेलिफोनमा वार्ता गर्दा नराम्रो कुरा के भएको थियो, एकदमै चिन्तित देखिन्थे।’

२४ वर्षीय पोखरा निवासी गोतामे इपीएसमार्फत ४० दिनअघि मात्र कोरिया आई सो कृषि कम्पनीमा कार्यरत थिए। हाल गोतामेको कुनै पनि इन्सुरेन्समा नाम दर्ता भएको छैन। जसले गर्दा अस्पताल खर्च पनि एकदमै बढी आउन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म अस्पताल खर्च ७० लाख वन जति आई सकेको छ भने उपचारको क्रममा अझ बढी खर्च लाग्ने अस्पताल श्रोतले जनाएको छ।

कृषि कम्पनीका मालिक छने यत्तोले मंहगो अस्पताल खर्च आफूले तिर्न नसक्ने बताउदै नेपालमा रहेका गोतामेको परिवारलाई कोरिया बोलाई परिवारले अस्पातल खर्च बेहोर्नु पर्ने बताएका छन्।

स्थानीय प्रहरीले कम्पनी मालिक र सोही स्थानमा काम गर्ने अन्य सहकर्मीहरुलाई किन आत्महत्या गर्ने प्रयास भयो भन्ने विषयमा अनुसन्धान गरि रहेको बताएको छ।

एनआरएन अध्यक्ष केपी सिटौला भने अस्पतालमा गई गोतामेको अवस्था हेर्दा एकदमै चिन्ताजनक छ। डाक्टरले पनि यस्तो केस १० जना मध्ये ३ जना मात्र बांच्न सक्ने भनेर बताएका छन्, उनले भने।

कोरियास्थित नेपाली श्रमिकहरुलाई आपतबिपत तथा समस्या आई पर्दा सहयोग गर्न भनी नेपाल सरकारको श्रम मनत्रालयबाट मंहगो तलब र भत्ता दिएर कोरिया पठाएका श्रमसहचारी कृष्ण हरि पुस्कर घुम्ने कुर्सीमा बसेर टेलिफोनको आधारमा गोतामेको केस हेरी रहेका छन्। उनी भन्छन् अस्पतालमा उच्चस्तरीय उपचार गरि दिनु भनेर डाक्टरसंग कुराकानी भएको छ। नेपालमा रहेका परिवारलाई कोरिया बोलाउने प्रक्रिया शुरु भई सकेको छ।

यस सम्बन्धमा नेपाल तथा कोरियाका सन्बन्धीत निकायले दर्ता नभएको कृषि कम्पनीमा कसरी इपीएसका विदेशी श्रमिकहरु काम गरि रहेका छन् भन्ने विषयमा छानबिन गरि गैरकानुनी रुपमा काममा लगाउने कम्पनी तथा दलालहरुलाई कारवाही गर्न सक्नु पर्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by