Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मधेसमा दुईदेखि तीन प्रदेश हुनु पर्छः मेहता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ बैशाख । भारतीय सेनाका पूर्व जनरल एवम नेपाल मामिलाका जानकार डा अशोक मेहताले मधेसमा दुईदेखि तीन प्रदेश उपयूक्त हुने तर्क गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा जनरल मेहताले मधेसमा विभिन्न जातजाती भएकोले पनि समग्र मधेस एक प्रदेश दिगो हुन नसक्ने तर्क गरे। उनले दावी गर्दै भने-प्रदेश निर्माण गर्दा स्थायीत्व र राजनीतिक रुपमा पहिचन हुने गरी गर्नु पर्छ । समग्र मधेस एक प्रदेश दिगो हुनसक्दैन त्यहाँ थारु सहितका विभिन्न जात जाती छन्। कसैको पनि बहुमत छैन नेपालमा।

साक्षात्कारमा भारतीय सेनामा गोर्खा पल्टनको समेत नेतृत्व गरेका जनरल मेहताले जातीय आधारमा नेपालमा राज्य हुन नसक्ने समेत स्पष्ट पारे। उनले भने- नेपालमा भारतमा जस्तो एकैठाउँमा पन्जावी, बंगली र विहारी जस्तो जातको बाहुल्यता छैन। यहाँ सबै ठाँउमा विभिन्न जाती छन, त्यसैले पनि जातीय आधारमा प्रदेश निर्माण गर्नु हुँदैन। भूगोल र इतिहासमा सन्तुलन कायम गर्नु पर्छ । मधेस भूमि हो त्यो जातीय पहिचान होईन।

मेहताले प्रदेश निर्माण गर्दा आर्थिक रुपमा सम्पन्न, दिगोपनालाई ध्यान दिनु पर्ने भन्दै राष्ट्रिय स्वार्थ र राष्ट्रियता सन्तुलित हुने गरी प्रदेश निर्माण गर्न सुझाव दिए।

हालै दलहरुवीच भएको समायोजन सम्बन्धी सात बुँदे सहमति ऐतिहासिक भएको उल्लेख गर्दै अब संविधान निर्माणको क्रममा रहेको विवादित विषयलाई पनि त्यसबेलाको जस्तै उचाईमा उठेर सहमति गरेर अगाडि बढ्नु पर्ने तर्क उनले गरे। मेहताले भने-भारतमा तीन वर्षमा संविधान बन्यो । अहिले सम्म एकसय पटक भन्दा बढी संसोधन भईसक्यो त्यसैले समयको चाप छ भनेर हतारमा निर्णय गर्नु हुँदैन । हतारमा जारी गर्नु हुँदैन।

नेपालमा के गर्ने भन्ने प्रत्येक विषयमा नेपालीलेनै निर्णय गर्नु पर्ने भन्दै जनरल मेहताले नेपालमा बहुदलीय शासन प्रणाली उपयूक्त हुने तर्क गरे। यद्यपि उनले बाहिरीयाले भनेको कुरालाई सुन्ने तर निर्णय भने नेपाली आफैले गर्नु पर्ने सुझाव दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by