Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

आशफोर्डबासीहरुले नेपाली नयाँ बर्ष मनाए

सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके / सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले शनिबार स्थानीय जोन वालिस एकाडेमीको हलमा नेपाली नयाँ बर्ष २०६९ भब्यताको साथ मनाएको छ।

समाजका अध्यक्ष पोपीराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब मोहन कृष्ण गुरुङले गरेका थिए। न्यू इयर २०६९ इन आशफोर्ड नाम दिइएको उक्त कार्यक्रमको संचालक मोहनकृष्ण गुरुङले आकस्मिक घटना भइ हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए।

Photo: Sodip Limbu, UK /HKNepal.com

पहिलो चरणको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष पोपीराज राईले उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरुलाई नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको उद्धेश्य प्रष्ट परेका थिए भने बरिष्ठ उपाध्यक्ष श्री प्रसाद लिम्बूले स्वागत मन्तब्य दिएका थिए।

आशफोर्डबासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा अध्यक्ष पोपीराज राई र दुर्गा लिम्बुले पुरानो कार्यसमितिका पदाधिकारीहरुलाई खादा ओढाई बिदाई गरेका थिए।

कार्यक्रमको तेस्रो चरणमा सांस्कृतिक सचिब शुष्मा लिम्बूको निर्देशन तथा सहसचिब गगराज राई, मिसेस कृष्ण राईको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। गंगाराज राई र जानुका पुनद्वारा संचालन गरिएको उक्त कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गीतबाट भएको थियो। ५० जना भन्दा बढी स-साना नानीदेखि लिएर अधबैंसे दाजुभाई तथा दिदीबहिनी कलाकारहरुको भिन्दा भिन्दै स्वादको प्रस्तुतिले उपस्थित सबै बर्गका दर्शकहरुलाई भरपूर मनोरंजन प्रदान गरेको थियो।

समयको दायराभित्र रहनै पर्ने बाध्यताले गर्दा दर्शकहरुको कयौं वान्स मोरलाई आयोजकले पुरा गर्न सकेन। गीत र नृत्यको मनोरंजन संगसंगै महिला कमिटीका सचिब बसुन्धरा राई नेयोङ्को अगुवाइमा सफलतापूर्बक सम्पन्न ‘राफल ड्र’ ले थप मनोरंजन प्रदान गरेको थियो भने स्थानीय गाउँले पसलद्वारा व्यवस्था गरिएको स्वादिष्ट नेपाली परिकारहरुको स्वादले कार्यक्रममा उपस्थित पाहुना एबं दर्शकहरुलाई नेपालमैं नयाँ वर्ष मनाएको अनुभब गराएको थियो।

कार्यक्रमको अन्त्यमा नाच्दै रमाइलो गर्ने अवसर प्रदान गर्न फराकिलो बनाइएको हलमा स्थानीय चर्चित डि.जे. बिसी र सुबर्णले उपस्थित सबैलाई धित मर्ने गरि नचाएका थिए।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by