एचकेनेपाल डट कम संवाददाता-
ब्रुनाई, ‘पुरानो हुँदैन माया, जुनी जुनी लाए पनि’ गीत सार्बजनिक भएलगत्तै चर्चामा रहेकी गीतकार नीलम आङ्बुहाङ् राईको ‘जुनी जुनी २’ भित्रको ‘जीवन साथी तिमीलाई’ गीतको म्युजिक भिडियो प्रदर्शन भएको छ।
ब्रुनाईको सेरियास्थित कम्युनिटी हलमा १४ अप्रिल शनिबारका दिन प्रदर्शन गरिएको कार्यक्रममा म्युजिक भिडियोका साथै नीलम आङ्बुहाङ् राईका बारेमा तयार पारिएको छोटो ब्यक्तिचित्र (प्रोजेक्सन) पनि देखाईएको थियो।
स्थानीय कवि, गीतकार, साहित्यकार, गायक, गायिका, समाजसेवी, पत्रकार र पेशाकर्मीका साथै दोश्रो रोयल गोर्खा राईफल्सका बरिष्ठ अधिकृतलगायत अन्यको बृहत उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा क्याप्टेन गजेन्द्र देवान, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतकी उपाध्यक्ष गीतकार दिपा लिम्बु राईलगायत प्रमुख अतिथि श्रीमती शोभिता शाहीले बधाई तथा शुभकामना मन्तब्य राख्दै ‘जुनी जुनी २’ र गीतकारको सफलताको लागि शुभकामना दिएका थिए।
म्युजिक भिडियो हेरिसकेपछि मन्तब्य राख्ने वक्ताहरुले भिडियो निर्देशक र कलाकार तथा प्राबिधिकहरुको चर्चा गर्दै अत्यन्तै उत्कृष्ठ भिडियो निर्माण भएको प्रतिक्रिया दिए।
संजिबनिको स्वर, सुरेश अधिकारिको संगीत रहेको गीतमा नायक निरज बराल, नायिका प्रीयंका कार्की, बालकलाकार अभिशा श्रेष्ठलगायतले अभिनय गरेका छन्।
म्युजिक भिडियोको छायांकार हरि हुमागाई र उत्कृष्ठ म्युजिक भिडियोको अवार्ड बिजेता निर्देशक सुरज श्रेष्ठको निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको छ।
सामाजिक जन चेतनामूलक शिक्षा दिने म्युजिक भिडियो निर्देशकका रुपमा परिचित सफल निर्देशक सुरज श्रेष्ठले भिडियोमा एक नि:सन्तान परिवारले बाल-आश्रमबाट एक अनाथलाई ग्रहण गरेको कथालाई उत्कृष्ठ ढंगले प्रस्तुत गरिएको छ।
कार्यक्रमको अन्त्यमा बोल्दै गीतकार नीलम आङ्बुहाङ् राईले ‘जुनी जुनी २’ को सम्पूर्ण टिम, म्युजिक भिडियो टिम लगायत सबै सहयोगीहरुलाई आभारसहित धन्यबाद दिइन्। हरेक पाईलामा साथ दिने जीवन साथी लेखराज राईको चर्चा गर्दै गीतकार नीलम आङ्बुहाङ् राईले श्रीमान लेखराज राईकै हौसला र सहयोगका कारण आफूले यो स्थान सम्मको सफल यात्रा सम्पन्न गर्न सकेको बताइन्।
भुमिराज राईद्वारा संचालित कार्यक्रम छोटो र सटिक भएको भन्दै सबै सहभागीहरुले प्रशंसा गरेका थिए। ‘जुनी जुनी २’ को मिडिया पार्टनर अजम्बरि डटकमको संयोजनमा आयोजना भएको उक्त कार्यक्रम अत्यधिक जनसहभागिताका बिच सम्पन्न भएको थियो।
CLICK HERE TO VIEW MORE PHOTO