दया राम पौडेल / एचकेनेपाल डट कम-
एसन जर्मनी, एनआरएन आईसीसीका प्रमुख संरक्षकका साथ सगारमाथा समाज एसन जर्मनीले २०६९ नयाँ बर्ष भब्यताका साथ मनाएको छ।
सगारमाथा समाज एसन जर्मनीले आयोजना गरेको नब बर्ष २०६९ सालको भेटघाट कार्यक्रममा आकस्मात देवमान हिराचनको उपास्तिथिले सम्पूर्ण पाहुना नेपालीहरुको मुहारमा एक किसिमको खुशी छाएको देखिन्थ्यो।
एनआरएन दब्लु क्षेत्रमा रहेका नेपालीहरुको बीच आपसी सम्बन्ध सद्भभाब मेलमिलाप सरसहयोग र सम्पर्क बढाउने उद्धेश्यले सगारमाथा समाजले आफ्ना सदस्यहरुको काम ब्यस्ततालाई एकातिर पन्छाएर लामो समयपछि बिशाल भेला आयोजना गर्न सफल भएको थियो। कार्यक्रम सफलताको श्रेय महिला सदस्यहरुलाई दिदै अध्यक्ष पञ्च रत्न घिमिरेले आफ्नो शुभ कामना मन्त्यबमा थपेका थिए। अब उप्रान्त सगरमाथा समाज जर्मनीको बिभिन्न शहरमा काम गरिरहेका र सबै जर्मनीमा छरिएर रहेका नेपाली सामाजिक संघ संस्था राजनीतिक पार्टीहरुका भातृ संगठनहरुसँग एक र्कामा समन्वय गरी भाबी दिनहरुमा अगाडि बढ्न सहमति र सहकार्य गर्न तयार रहेको बताए।
प्रबासमा छरिएर रहेका नेपालीहरुलाई गोल्बद्ध गरी एकै छत मुनि राख्न सफल भएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष र हालका यसै नेपाली डायास्फोराका प्रमुख संरक्षक देबमान हिराचनलाई कार्यक्राममा भेटेर आफ्नो नेपाली नयाँ बर्ष सबैसँगै मनाउन पाउदा आफू ज्यादै खुशी भएको ब्यक्त गर्दै उहाँलगायत सम्पूर्ण उपस्थितहरुलाई स्वागत गरी कार्यक्रमलाई नेपाली जन संपर्क समिती जर्मनीका महामन्त्री बिजय मोक्तानले अघि बढाएका थिए।
शुभकामना दिने क्रममा एनआरएन जर्मनीका पूर्व उपाध्यक्ष यज्ञ राज सुबेदीले हिरचन दाईलाई यहाँ अकस्मात देख्न पाउदा आफू ज्यादै हर्षित भएको भन्दै देश बिदेशदेखि उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्ष २०६९ को हार्दिक शुभकामना दिनुभएको थियो। यसै गरी, शुभ कामना दिनेहरुमा क्रमशः एनआरएन जर्मनीका दोस्रो पुस्ताका संयोजक प्राप्ति घिमिरे,महिला संयोजक कमला दाहाल,पूर्व सदस्य मदन दाहाल साथै यसै क्षेत्रका एनसिसिका सहसंयोजक दिपक लामाले पनि शुभकामना दिएका थिए।
छिमेकी शहर रेक्लिङहाउजेनका चौतारी समाजका सचिब बिष्णु गिरीले सगारमाथा समाजमा आफू समेल हुन सकिने र सँगै यसरी नयाँ बर्ष मनाउनु पाउदा धेरै रमाइलो महसुस भएको बताउनुभएको थियो। शुभ कामना दिने क्रममा सगारमाथा समाजका उपाध्यक्ष अरुण मानन्धर र संघकै कोषाध्यक्ष धिर नारायण राइले पनि बोलेका थिए।
कार्यक्रमका अध्यक्षता संघकै अध्यक्ष पञ्च रत्न घिमिरेले गरेका थिए र अतिथिमा बद्री बहादुर कार्की थिए भने कार्यक्रमको बिशेष प्रमुख अतिथि एनआरएन आईसीसीका प्रमुख संरक्षक देबमान हिराचनले आफू यस कार्यक्रममा सरीक हुन पाउदा आफूलाई गौरम्बित र साह्रै भाग्यमानी सम्झिएको भन्दै म र तिमीलाई त्यागि हामी भनेर सबैलाई अगाडि बढ्न आग्रह गर्दै यस संघको उत्तर उत्तर प्रगतिको कामना गर्दै एन आर एन ड्यास्फोरामा कुनै पनि संघ संस्था अडिने भन्दै सगरमाथा समाजलाई पनि स्वागत गर्दै सदैव यसको सामाजिक कार्यमा आफू सहयोग गर्न तयार भएको बताउदै सबैलाई नयाँ सालले सुख, शान्ति मिलोस भन्दै शुभकामना दिनु भएको थियो।
विहीवारका दिन सम्पन्न कार्यक्रममा बिभिन्न नाचगान र स्वदिश्ट नेपाली भोजनका साथ सिन्धु महल ओभरहाउजन शहरमा कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने महिला सदस्याहरु बिनिता राई,अरुणा मानन्धर, पवित्र पौडेल, अन्जु घिमिरे, आकृति शर्मा, हिन्खमा राई,निर्मला श्रेष्ठ, उषा गिरी र सिमा सुबेदीलाई पञ्च रत्न घिमिरेले धन्यवादका पात्रहरु बनाएका थिए। उक्त समाजका सचिब दाँया राम पौडेलले रोचक पूर्ण ढंगबाट कार्यक्रम सञ्चालन गारिएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस