Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अहिलेकै सरकारमा सहभागी नहुने कांग्रेस र एमालेको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिलेकै सरकारमा काग्रेस कुनै पनि हालतमा सहभागी नहुने स्पष्ट पारे। उनले भने- अहिलेको सरकारमा काग्रेस सहभागी हुँदैन। भ्रष्टाचारमा रेकर्ड बनाएको तमासको सरकारमा कांग्रेस सहभागी भएर जोकर बन्न चाहँदैन।

साक्षात्कारमा डा महतले प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सहमतिको सरकार बन्नु पर्ने तर्क गरे। संविधान जारी गर्नु अघिनै नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्नु पर्ने उनले दावी गरे। उनले भने-माओवादी र एमालेले दुइ दुइ पटक सरकारको नेतृत्व गरिसकेका छन्। अब काग्रेसको दावी स्वभाविक हो। यसमा कसैको पनि दुइ मत छैन। डा महतले काग्रेसको लागि अहिलेको पहिलो प्राथमिकता संविधान निर्माण र दोस्रोमा द्धन्द्धकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता भएको भन्दै सरकार निर्माण तेस्रो प्रथामिकतामा रहेको बताए।

साक्षात्कारमा नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले सरकार निर्माणको बेला भएको चार बुँदे सहमति खारेज नभएसम्म अहिलेको सरकारमा एमाले कुनै पनि हालतमा नजाने स्पष्ट पादै चार बुँदे सहमति खारेज भए प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा जान एमालेलाई कुनै आपत्ति नरहेको बताए। यद्यपि उनले अबको सरकारको नेतृत्वमा काग्रेसको दावी स्भाविक भएको र त्यसमा एमालेको समर्थन रहेको स्पष्ट पारे।

सरकार निर्माणको आधार मधेसी मोर्चासँग भएको चार बुँदे सहमतिका केही बुँदा राष्ट्रघाती भएकोले पनि राष्ट्रघाती सरकारमा एमाले नजाने बताए। संविधान जारी गर्ने बेलामा सबैले स्वामित्व महसुस गर्ने गरि राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने भन्दै सहमतिको सरकारको नेतृत्व नेपाली काग्रेसको नेतृत्वमा बन्नु पर्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by