Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

श्रममन्त्रीलाई हटाउने प्रधानमन्त्रीको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बन्द आह्वान फिर्ता नलिए राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका श्रममन्त्री मालबरसिंह थापालाई हटाउने चेतावनी दिएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीले जातीय स्वायत्तता, पहिचान र सामर्थ्यको आधारमा राज्यको नयाँ संरचना गर्नुपर्ने माग गर्दै बन्दको आह्वान गरेको छ।

मन्त्रिपरिषदमा भएका कुनै पनि पार्टीले बन्द गर्न नमिल्ने भन्दै जनमुक्तिले बन्द फिर्ता नगरे हटाउने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री भट्टराईले श्रम तथा यातायात व्यवस्था मन्त्री मालवरसिंह थापालाई उनको पार्टी राष्ट्रिय जनमुक्ति पार्टीद्वारा घोषित बन्द फिर्ता लिन आग्रह गरेका छन्।

यसअघि, हटाइएका श्रम मन्त्री सरिता गिरीको ठाउंमा प्रधानमन्त्रीले थापालाई नियुक्त गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by