Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकारलाई ज्यान लिने धम्कीको भत्सर्ना

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २ बैशाख। डन न्युज राष्ट्रिय दैनिकका प्रकाशक/संपादक राजेन्द्र अधिकारी र फोटो पत्रकार वन्दुराज पराजुलीलाई सिण्डीकेट बिरुद्ध समाचार लेखेको भन्दै माओवादी निकटको मजदुर सँगठनका कार्यकर्ता मीन भनिने गुण्डाराज श्रेष्ठले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ।

२०६८ चैत ३ गते प्रकाशित समाचारलाई लिएर श्रेष्ठले ट्याक्सी ब्यबसायी समितिको कार्यालय नयाँबजारमा पत्रकारद्वय अधिकारी र पराजुलीलाई धम्की दिएका थिए।

काभ्रे जिल्ला स्थायी घर भइ हाल पोखरामा रहेका श्रेष्ठले चैत २८ गते कार्यालयको डन न्युज दैनिकको फोन नम्बर ०६१५ २७६३७ मा फोन गरेर समाचार लेख्ने क्रम नरोकिए ज्यान मार्ने धम्की दिएका थिए।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष बदी बिनोद प्रतिकद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझे खण्डन गर्न पाउने ब्यबस्था हुँदा हुँदै लेखेकै आधारमा धम्की दिने घटनाको पत्रकार महासंघ कास्की घोर भर्त्सना गर्दछ। साथै पत्रकार महासंघ कास्की कास्कीको स्थानिय प्रशासनलाई पत्रकारद्वय अधिकारी र पराजुलीको सुरक्षा गर्न माग गर्दै धम्की दिने श्रेष्ठमाथि कारबाहीको जोडदार माग गर्दछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by