Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संविधानसम्बन्धी पुस्तक अनलाइन भिडियोमार्फत विमोचन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ बैशाख । विश्वासदीप तिगेलाद्वारा लिखित ‘निष्पक्ष संविधान, समृद्ध नेपाल’ शीर्षक कृति बिहीकार साँझ अनलाइन भिडियोमार्फत विमोचन भएको छ।

पुस्तकमा विश्वमा संविधान लेखन, अनुभव र नेपाली सन्दर्भमा त्यसको उपयोगबारे उल्लेख गरिएको छ।

प्रा डा गोविन्दराज भट्टराईले कृति विमोचन गर्दै युद्धसाहित्यलाई बाहिर ल्याउन ठूलो योगदान दिएका तिगेलाले राजनीतिक चिन्तन गरेर सो कृति ल्याएको बताउनुभयो।

तिगेलाको यसअघि गृहयुद्धका पीडा,देश बोक्नुको पीडा र बोर्नियो परिचय कृति प्रकाशन भइसकेको छ। विश्व नेपाली साहित्य महासङ्घका महासचिव तिगेला हाल बेलायती गोर्खा सैनिकका रूपमा सेरिया ब्रुनाइमा कार्यरत हुनुहुन्छ। (रासस)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by