Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फुटबलमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, १ वैशाख । अंगदानमार्फत जीवनदानलाई प्रोत्साहन गर्न र यसको बारेमा जनचेतना जगाउने उद्धेश्यले शुक्रबार पोखरामा आयोजित तेश्रो ‘नेपाल प्रत्यारोपण खेलकुद २०६९’ सम्पन्न भएको छ।

आरोग्य प्रतिष्ठान आरोग्य भवन काठमाण्डौ र डायलोसिस सहयोग समिति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको संयुक्त आयोजनामा तेस्रो संस्करणको खेल पोखरामा पहिलो पटक आयोजना भएको हो।


फुटबल खेल्दै हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । तस्वीरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

कार्यक्रममा हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिताले कार्यक्रम थप आकर्षण भएको थियो। कार्यक्रममा बिभिन्न जिल्लाका गरी ५५ जना मृगौला प्रत्यारोपितहरुको सहभागिता रहेको थियो भने साथमा बिभिन्न सघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो।

अंग प्रत्यारोपित, अंगदाता, प्रत्यारोपण गराउने व्यतिहरु र चिकित्सक तथा कलाकारहरु सम्मिलित दुइ टोलीबीच पोखरा रंगशालामा सम्पन्न भएको मैत्रीपूर्ण फुटवल खेलमा चिकित्सकको टोली ३-२ को गोल अन्तरले विजयी भएको छ।

हरिवंश आचार्य

चिकित्सकको जितमा रवि सुवेदीले दुइ र सन्तोष श्रेष्ठले एक गोल गरेका थिए। प्रत्यारोपितहरको तर्फबाट सिद्धिराज श्रेष्ठ र मनोज राउतले एक एक गोल गरे।

यस अघि, हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रेफ्री खेम गुरुङलाई बल हस्तान्तरण गरेका थिए। साथै महजोडी फुटवल खेल खेल्न मैदानामा उत्रिदा सवैको ध्यान खिचिएको थियो। कलाकारको टिमबाट मदनकृष्ण पहिला मैदान छिरेपछि केही समयपछि आरोग्यको सदस्य समेत रहेका हरिवंश प्रत्यारोपीको तर्फबाट मैदान छिरेका थिए।

CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by