एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ बैशाख । युक्रेनमा अध्ययनरत नेपाली चेली निशम श्रेष्ठले ‘मिस हाई २०१२’ को उपाधि जितेकी छन्।
काठमाडौ घर भएकी २३ वर्षीया श्रेष्ठले विभिन्न विधा र अनलाइन भोटिङको आधारमा सो उपाधि जितेकी हुन्। उनले अनलाइनमार्फत १३१८ भोट प्राप्त गरेकी थिइन्।
उनले प्रतियोगितामा नृत्य, टयालेन्ट सो, वाक कला तथा अन्य विधा प्रस्तुत गरेकी थिइन्र।
युक्रेनको नेशनल एरोस्पेस युनिभर्सिटीमा अध्यययनरत ३० छात्राहरूमध्ये फाइनल प्रवेश गरेका ७ जनालाई पछि पार्दै उनी प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएकी हुन्।
श्रेष्ठ सो युनिभर्सिटीमा इन्जिनियरिङ संकाय अन्तर्गत छैठौ सेमेस्टरमा अध्ययन गर्दै छिन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस