निमकान्त पाण्डे/ एचकेनेपाल डट कम-
दुबई, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली राजदूत धनञ्जय झा यूएईको राजदूतावासको कार्यभार सम्हाल्न ईतिहाद एअरवेजको काठमाण्डौ-अबुधावी उडानबाट २७ चैत्र २०६८ बेलुकी यूएई आईपुग्नु भएको छ।
यूएईका राष्ट्रपति सेख खालिफा विन जायद अल नयन समक्ष राजधानी अवुधावीस्थित अल मुस्श्रीफ दरवारमा मगंलवार विहान एक समारोहकाविच सम्माननीय राष्ट्रपति रामवरण यादवले राष्ट्रपति शेख खालिफाको व्यक्तिगत सुख र सुस्वास्थ्य साथै युएर्इका जनताको अझ प्रगति एवं संवृद्धिको कामना गर्नुभएको व्यहोरा वताउनु हुंदै आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ।
नेपाली राजदूतावास यूएईका नियोग उप प्रमुख दिपक अधिकारी प्रथम सचिव लोक बहादुर क्षेत्री तृतीय सचिव ललितमान श्रेष्ठ श्रमसहचारी श्रीमती हिरा पौडेल का साथै एनआरएन आईसीको एक प्रतिनिधीमण्डल बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु राजदूत झालाई स्वागत गर्न अबुधावी अन्तराष्ट्रिय विमान स्थनलको विशिष्ट कक्षमा पुगेको थिए।
परराष्ट्रमन्त्रालयमा सहसचिव रही कार्य गर्नु भएका झा पहिलो पटक मध्यपूर्वस्थित यूएईका लागि राजदूत नियुक्त हुनु भएको छ। आफ्नो कार्यकालमा दुई देशबीच रहिआएको सुमधुर सम्वन्ध अझ प्रगाढ वनाउने दिशामा आफू सदैव प्रयत्नरत रहने व्यहोरा व्यक्त गरेको दूताबासको वेबसाइटको विज्ञप्तिमा जनाईएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस