Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्री भट्टराईद्वारा राष्ट्रको नाममा संबोधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३० चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहदरवारस्थित आफ्नै कार्यालयबाट विहीवार साँझ राष्ट्रको नाममा संबोधन गरेका छन्।

ज्ञातअज्ञात शहीद तथा सहयोद्धाहरूको सपना पूरा गर्न लागी पर्ने प्रतिवद्धतासहित सुरू भएको संबोधनमा प्रधानमन्त्रीले सबै दलहरूलाई शान्ति र संविधानको लागि आजैदेखि लाग्न आह्वान गरे। प्रधानमन्त्रीले संबिधान निर्माणमा भाँजो हाल्न खोज्ने जो कोहीलाई इतिहासले क्षमा नदिने बताए।

प्रधानमन्त्रीको संबोधनको सिधा प्रसारणको केही अंशः

LIVE:
18.54- रोम देश पनि एकै दिन बनेको थिएन। शान्ति र संविधानको लागि हरेकबाट सहयोग गरौं। हामी सबै एकता संकल्प गरौं।

18.42- देशमा लगानी बढाउनको लागि मैत्री वातावरण बृद्धि गर्न, निजी क्षेत्रलाई प्रोत्साहित गर्न, संस्थानहरूमा भइरहेको अव्यवस्था हटाउन, गरिबी निवारण गर्न, वेरोजगार भत्ता वितरण गर्ने जस्ता विधायकहरू तयार भइसकेको प्रधानमन्त्रीको भनाई।

18.33- सरकार नेपाली सेनालाई अझ समावेशीकरण गरिने तयारीमा रहेको छ।

18.31- नेपाली सेना र पूर्व जनमुक्ति सेना अहिले एउटै भएको छ। देश र जनताको लागि एकताबद्ध र अनुशासित भई अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे।

18.30- संविधान निर्माणमा बाधा, अड्चन पुर्याउन खोज्ने जो कोहीलाई इतिहासले क्षमा दिने छैन।

18.28- हामीले खोजेको संविधान, हामी सबैको साझा दस्ताबेज हो।

18.25- संबिधान निर्माणको प्रक्रिया टुङ्गिनै लागेको बताउंदै उनले सङ्घीयताविनाको संविधान आउने बजारी हल्लालाई विश्वास नगर्न पनि आग्रह गरे।

18.25- सरकारको पहिलो प्राथमिकता शान्ति स्थापना गर्नु थियो।

18.23- मेरो नेतृत्वको सरकारप्रति जनताको धेरै अपेक्षा रहेको थियो।

18.20- ज्ञातअज्ञात शहीद तथा सहयोद्धाहरूको सपना पूरा गर्न लागी पर्ने प्रधानमन्त्रीको प्रतिवद्धता।

18.18- प्रधानमन्त्रीको संबोधन सुरू भएको छ।

18.16- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले राष्ट्रको नाममा संबोधन गर्दैछन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by