एचकेनेपाल डट कम संवाददाता-
झापा, २९ चैत्र । नेपाल प्रहरीले पत्रकार यादव पौडेल हत्याबारे भर्खरै गरेको पत्रकार सम्मेलनमा पौडेलको हत्या युवराज गिरीले गरेको बताएका छन्। अनुसन्धान विवरण सार्वजनिक गर्दै यादवको हत्यामा युवराज गिरीसहित पूर्वाञ्चल सेकुवा कर्नरका सञ्चालक पति पत्नी सोम र मञ्जु ढकालको समेत संग्लनता रहेको प्रहरी उपरीक्षक तारणी लम्सालले बताए।
09.55- प्रहरीले यादवको हत्या पत्रकारिताको विषयमा नभएको बताउंदै तत्कालिक (आकस्मिक) भएको खुलासा गरेको छ।
09.53- भुइंमा खसेका यादवको मृत्यु भएपछि मञ्जुका पति सोम ढकालले शव यादवको मोटरसाइकलछेउ लगेर राखेका थिए। उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको देखाउन त्यसो गरेका थिए।
09.50- मञ्जुको विषयमा दुबैबीच झगडा हुंदा गिरीले पौडेललाई ३ तलाको छतबाट भुइंमा खसालि दिएका थिए।
09.49- तीन तलामाथि छतमा पुगेका पौडेलले एक्कासी मञ्जुलाई अगाँलो हालेपछि गिरीले रोकेका थिए। गिरी र मञ्जुबीच केही वर्षयता अनैतिक सम्बन्ध पनि रहेको अनुसन्धानबाट खुलेको छ। मञ्जुलाई अगाँलो हालेपछि गिरी आवेशमा आएका थिए।
09.47- विवादपछि मदन राईको टोली त्यहाँ आएपनि पछि कुरा मिलाउंला भन्दै गिरीले फर्काएका थिए।
09.46- यसैबीच, मदन राई र गिरीबीच फोनमा लेनदेन विषयमा विवाद भएको थियो।
09.45- राति ११ बजे उनीहरू सेकुवा कर्नरमा पुगेका थिए।
09.43- रमाइलो गर्न जाऔं भन्दै उनीहरु विर्तामोडका ट्राफिक इन्सपेक्टरकहाँ गएका थिए। उनी व्यस्त रहेकाले अर्को दिन भन्दै फर्काएपछि दुबै जना ढकाल दम्पतिले सञ्चालन गरेको पूर्वाञ्चल सेकुवा कर्नरमा पुगेका थिए।
09.41- हत्याको दिन उनीहरूको भेट देउराली होटलमा भएको थियो।
09.41- पौडेल र गिरी दुबैका श्रीमती घरमा नभएको अवस्थामा उनीहरू मोज मस्तीको मुडमा थिए।
09.39- हत्या पूर्वयोजनामा नभइ आवेशमा भएको प्रहरीले बताएको छ।
09.37- हत्याकै दिन पक्राउ परेकी मञ्जुले गिरीले छतबाट धकेल्दा पौडेलको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएकी थिइन्।
09.36- उनीसंगै होटल सञ्चालक सोम र मञ्जु ढकाललाई समेत सार्वजनिक गरेको छ।
09.35- हत्यामा गिरीको हात रहेको भन्दै उनलाई पत्रकार सामु सार्वजनिक गरेको छ।
09.33- पौडेल नेपाली नयाँ वर्षसंगै नयाँ पत्रिका निकाल्ने तयारीमा थिए। पौडेल सम्पादक र गिरी पत्रिकाको प्रकाशक बन्ने योजनामा थिए।
09.29- धेरैजसो पत्रकारहरू समाचार लेखे वा सम्प्रेषन गरेकै कारण हत्या भएका भएपनि पौडेलको घटनामा त्यस्तो नदेखिएको प्रहरीको भनाई।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस