Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

डा. विजय सागरलाई होमियोप्याथिक पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २८ चैत्र । होमियोप्याथिक उपचार विधिमा लामो समयदेखि महात्वपूर्ण योगदान पुर्‍याएका डा. विजयसागर प्रधानलाई हिज होलिनेश बुद्ध मैत्रीय ट्रिटपेन्ट एण्ड हिलिङ सेन्टरले पुरस्कृत गरेको छ।

होमियोप्याथिक उपचार प्रणालीका जन्मदाता जर्मन नागरिक डा. स्यामूल हानेमनको २५७ औं जन्मजयन्ती तथा होमियोप्याथिक दिवसको अवसरमा डा. प्रधानलाई उनको योगदान स्वरुप पुरस्कृत गरिएको हो।

एक पटकमा एक मात्र औषधिले विरामीको उपचार नाराकासाथ हिलिङ सेन्टरले मंगलबार होमियोप्याथिक दिवस मनाएको हो।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक राधारमण प्रसादले एलोप्याथिक औषधिको तुलनामा होमियोप्याथिक औषधिले रोगीको रोग निको हुनुको साथै शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउने दावी गरे।

कार्यक्रमका सभापति डा. राजेश प्रधानाङ्गले जर्मनका डा. स्यामुल हानेमनले सन् १७९६ मा पत्ता लगाएको सरल, प्रभावकारी र सस्तो होमियाप्याथिक उपचार पद्धतिले भएको दावी गरे।

डा. सुरेन्द्र श्रेष्ठले सरकारले होमियोप्याथिक औषधिविधिलाई लगानी गरे एलोप्याथिक औषधिको तुलनामा देशका कुना-कुनाका गरिब जनताले सस्तोमा उपचार पाउने विश्वास ब्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by