Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रजातन्त्रबादी प्राध्यापकहरु आन्दोलित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २८ चैत्र । सहमतिको संस्कार विपरित बामपन्थीकरण गर्न खोजिएको भन्दै नेपाल संस्कृत विश्व विद्यालयका प्रजातान्त्रिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन्।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालले आन्दोलनको घोषणा गरेको हो।

घोषित आन्दोलनका कार्यक्रमहरुमा आउँदो आईतवारदेखि विश्वविद्यालय र सम्बद्ध आंगिक क्याम्पसहरुमा कालोपट्टी बाँधेर एकसातासम्म धर्ना दिने र त्यसलाई बेवास्ता गरे तालाबन्दी गर्ने, पेनडाउन गर्ने रहेका छन्।

त्यसैगरी, ती आन्दोलनका कार्यक्रमहरुलाई पनि बेवास्ता गरी आफुहरुको माग सम्बोधन नगरे विश्वविद्यालयमा रहेका प्रजातन्त्रबादी प्राध्यापक संघसँग सम्बद्ध पदाधिकारीहरुलाई फिर्ता बोलाएर अझ कडा दवाव मुलुक आन्दोलन सन्चालन गर्ने महासचिव डा चिन्तमणी पोख्रेलले जानकारी दिए।

संघले विगतमा माओवादी, एमाले र काग्रेस सम्बद्ध प्राध्यापक संघहरुवीच सहमतिमा पदाधिकारी नियुक्त गर्ने सहमतिलाई बेवास्ता गर्दै अहिले आफूखुसी विश्वविद्यालयलाई बामपन्थीकरण गर्दै प्रजातन्त्रबादीहरुलाई नेस्तनाबुद गर्न खोजेको आरोप पत्रकार सम्मेलनमा लगाईएको थियो।

पछिल्लो समयमा आफ्नो संघलाई बाईपास गरेर विभिन्न क्याम्पसहरुमा क्याम्पस प्रमुख नियुक्त गरेपछि संघ आन्दोलित बनेको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by