Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोरियामा बुद्ध जयन्ती भब्यरुपले मनाइने

सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
नेपाल बौद्ध परिवार द. कोरियाको आफ्नै कार्यलय छावी ए चिवमा बसेको बैठकले बुद्ध जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ।

परिवारका अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी २५५६ औं बुद्ध जयन्ती गत वर्षहरुमा झैं यस वर्ष पनि नेपाल बौद्ध परिवारको आयोजनामा भव्य रुपमा मनाउंने निर्णय गरेको छ।

बैठकले आउदो मे महिनाको १९ तारिखका दिन र्‍याली र २० तारिखमा मेला तथा बृहत बौद्ध प्रदर्शनीको आयोजना गर्ने भएको छ। साथै बुद्ध जयन्तीको दिनमा आयोजना गरिने कार्यक्रमलाई सु-व्यावस्थित, सभ्य तथा भव्य रुपमा सफल पार्न द. कोरियामा रहेका स्थापित संघ-संस्थाका प्रतिनिधी तथा बुद्धीजिवीहरुसंग बृहत छलफल गर्नका लागि यहि अप्रिल २२ तारिखका दिन दिउंसो १ बजे छावी ए चिवमा एउटा भेलाको आयोजना गरि छलफल गर्ने निर्णय गरेको छ।

उक्त दिन राखिने भेला तथा २५५६ औै बुद्ध जयन्ती कार्यक्रममा उपस्थित भईदिन सम्पूर्ण संघ-संस्था, व्यापारी, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, नेपाली दाजुभाई दिदीबहिनीहरुमा नेपाल बौद्ध परिवारका तर्फबाट हार्दिक अनुरोध गरेको छ।

साथै उक्त बैठकले प्रकाश लामा र निमा गुरुङलाई कार्यसमितिको सदस्य पदमा चयन गरेको छ। बैठक परिवारका सचिव प्रितम गुरुङले संचालन गरेका थिए।

छलफलको लागि भेला
समयः दिनको १ बजे
मितिः २०१२-०४-२२
स्थानः छावी ए चिव

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by