Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली समाज युएईको बार्षिक भेला सम्पन्न

निमकान्त/ एचकेनेपाल डट कम-
नेपाली समाज यूएईको वर्तमान कार्यसमितिले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको उपलक्ष्यमा दुबईको एभरेष्ट होटलमा विभिन्न संघ संस्थाहरु, आजीवन सदस्य र पार्षदहरुको उपस्थितिमा वार्षिक साधारण भेला सम्पन्न गरेको छ।

वार्षिक कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले गर्नु भएको थियो। विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य, महिला, पार्षद र पत्रकारहरु बिभ्निन्न अतिथीको उपस्थित रहेका थिए।

लोकबहादुर क्षेत्रीद्धारा दीप प्रज्वलन गरि थालनी भएको कार्यक्रमको उपाध्यक्ष भरतराना मगरले शुभकामना मन्तव्य दिनु भएको थियो । युएईमा रहेका सम्पूर्ण संघ संस्थाहरु नेपाली समाज युएईसंग हातेमालो गर्दै गोलबद्ध हुनु पर्नेमा सबैले जोड दिएका थिए।

समाज लाई सहयोग पुर्‍याउने संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा-पत्र र सम्मान-पत्र प्रदान गरिदिएको थियो । सदस्यता प्रमाण-पत्र वितरण गर्दै नयां सदस्यताको आहृान समेत गरिएको थियो । दूतावासका प्रथम सचिव क्षेत्रीले आफ्नो मन्तव्यको क्रममा नेपाली समाजले नेपालीहरुमा एउटा राम्रो छाप छोडेको बताउनुभयो।

नेपालीहरुलाई सचेत गराउंदै शरीरमा पानीको मात्रा कमिका कारण धेरै नेपालीहरुको मृत्युको संख्यामा बृद्धि भएका कारण डाक्टरले दिएको सल्लाह अनुसार धेरै मात्रामा पानी पिउन पर्ने जानकारी दिनु भयो।

समाजका अध्यक्ष ढकालले मन्तव्य दिदै विगत एक बर्षको कार्य प्रतिवेदनमा विभिन्न खालका धेरै उद्धार गरेको विवरण सुनाउनु भयो भने हालैमा नेपालको पूर्वाञ्चलमा गएको बाढीपीडितलाई नेपाली नगद रु.२५,००० हजार रुपैयां दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीलाई हस्तान्तरण गरेको बताउनु भयो। युएईमा रहेका अन्य समाजहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो।

भर्खरै मात्र स्थापना भएको गैरआवासीय नेपाली संघ युएई महिला समितिकी अध्यक्ष अर्चना बस्नेत (रोकाहा) ले युएईस्थित लगभग १० हजार महिलाहरु कार्यरत रहेको बताउनु भयो। वार्षिक साधारण भेलालाई सोही समाजका महासचिव प्रकाश कोइरालाले संचालन गर्नु भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by