एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ चैत । घुस लिंदालिदै रंगेहात पक्राउ परेका बन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादव धरौटी तिरेर सोमवार रिहा भएका छन्। यसअघि, विशेष अदालतले यादवलाई ५० हजार रुपैयाँ धरौटी लिई छाड्न आदेश दिएको थियो।
विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्की र ओमप्रकाश मिश्रको इजलासले पिए यादवले अहिलेसम्मको प्रमाणका आधारमा ५० हजार रुपैया घुस लिएको देखिएकाले त्यति नै रुपैया बराबरको धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।
रारा राष्ट्रिय निकुञ्जको पुरानो फाइल पास गराउन ५० हजार नगद लिदै गर्दा उनी रङ्गेहात पक्राउ गरेका थिए। घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरीद्वारा अनामनगरस्थित पीस प्वाइन्ट रेष्टुरेण्टबाट पक्राउ परेका यादवले अदालतमा घुस नलिएर सापटी रकम फिर्ता लिएको बयान दिएका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस