एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, २७ चैत्र । नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा परम्परागतरूपमा तान्त्रिक विधिअनुसार आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरू भएको छ।
लिच्छविकालदेखि सुरु भएको सो जात्रा भक्तपुरवासीले नौ दिनसम्म मनाउने गर्छन्।
आज बिहान गुठी संस्थानले सरकारका तर्फबाट तौमढीस्थित पाँचतले मन्दिर नजिकको भैरवमन्दिरमा पूजा गरेपछि विधिवत्रुपमा यसवर्षको बिस्केट जात्रा सुरु हुने गर्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस