Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मृगौला पीडित वुद्धिमायालाई सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, २५ चैत्र । मृगौला पीडित कास्कीको भाचोक गाविस वडा नं ८ कयरेकी वुद्धिमाया गुरुङलाई शनिवार लेखनाथमा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्।

स्वदेश तथा विदेशमा वस्दै आएका गुरुङका शुभचिन्तकहरुले उपलब्ध गराएको दुइ लाख ७४ हजार ६ सय ५१ रुपैया एक कार्यक्रमका विच उनलाई हस्तान्तरण गरिएको छ।

पोर्चुगलमा रहेका लोकचन गुरुङ, प्रविण गुरुङको सहयोग एवं राजकुमार गुरुङको सक्रियतामा त्यहाँ रहेको तमुसमाज र विभिन्न व्यक्तिहरुले मृगौला पीडित गुरुङको सहयोगका लागि १ लाख ४१ हजार रुपैया सहयोग गरेका छन्। पोर्चुगलवाट उठेको रकम लोकचन र प्रविणका वुवा हर्कवहादुर र टउवहादुर गुरुङले पीडित गुरुङलाई हस्तान्तरण गरेका थिए।

यस्तै मृगौला पीडित गुरुङका लागि सहयोग रकम संकलन गर्न फेसवुकवाट अभियान चलाएकी सरिता गुरुङले शुभचिन्तकवाट उठेको ५६ हजार रुपैया हस्तान्तरण गरेकी छन्। गुरुङले मृगौला पीडित वुद्धिमायालाई सहयोग गर्न फेसवुक मार्फत आब्हान गरेकी थिईन्। उनले अछिल्लो पटक पनि ३ लाख भन्दा वढी रकम फेसवुकमा सहयोगको आब्हान गरी उठाएर पीडितलाई उपलब्ध गराएकी थिईन्।

फेसवुक मार्फत सहयोग जुटाएकी सरिता (दायाँ)ले पीडित बुद्धिमायालाई रकम हस्तान्तरण गर्दै। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

साउदी अरवमा काम गर्दै आएका लेखनाथ १ भण्डारढिकका ओम गुरुङले पनि सहयोग जुटाएर पीडित वुद्धिमायालाई २१ हजार रुपैया उपलब्ध गराएका छन् । उनले पठाएको सहयोग रकम दिदी सविता गुरुङले हस्तान्तरण गरेकी थिईन्। वुद्धिमायालाई सहयोग गर्न समितिनै वनाएर क्रियाशिल भएका भुवन गुरुङले पनि ५६ हजार रुपैया हस्तान्तरण गरेका छन् । संयोजक वनेका गुरुङले सहयोगका लागि सवैलाई आग्रह समेत गरेका छन्। आर्थिक अवस्था कमजोर रहेकी मृगौला पीडित गुरुङलाई वेलायतमा रहेका सागर गुरुङले पनि ५ हजार रुपैया सहयोग गरेका छन्।

अस्पतालमा उपचार गराईरहेकी गुरुङको मृगौला प्रत्यारोपणका लागि झण्डै २० लाख लाग्ने चिकित्सकले वताएका छन्। ११ महिनाकी छोरी रहेकी २० वर्षीया गुरुङको मृगौलाको डायलोसिस गर्न मात्रै सातामा ४ हजार रुपैया खर्च हुँदै आएको छ । पारिवारिक अवस्था कमजोर भएकाले गाउँलेहरुले सहयोगको अभियान चलाएको सहयोग समितिका भुवनसिंह गुरुङले वताए। हेरौ सवैले सहयोग गरेका छन्, कतिसम्म गर्न सकिन्छ, गुरुङले भने -“मृगौला प्रत्यारोपणै गरिदिन पाए वुद्धिमायाले नयाँ जीवनै पाउने थिईन्।”

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by