Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पुर्खादिवस २०१२ सम्पन्न

देवराज राई/ एचकेनेपाल डट कम-
हङकङ, ५ अप्रिल । पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रिल ५ तारिख हङकङमा पुर्खादिवस सम्पन्न भएको छ। गोर्खा सिमेट्री ट्रष्टको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खादिवस भव्यरुपमा सम्पन्न भएको हो।

गएको वर्षहरु भन्दा पृथक एवं व्यवस्थित रुपमा आयोजित कार्यक्रममा अस्थायी रुपमा निर्माण गरिएको स्तम्भतलमा पुष्प गुच्छा अर्पण गरिएको थियो।

तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

विभिन्न विद्यालयका विद्यार्थीको उपस्थितिमा तिनका अभिभावक,प्रध्यानाध्यापक,शिक्षक कर्मचारी, स्थानीय नेता,विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीवर्गबाट श्रद्धाञ्जलिका सिर्जनाहरु प्रस्तुत गरेका थिए।

युद्धको गोर्खाली तस्बीरहरु, युद्धताका नेपाली गाउँघरका तस्बीरहरु, विश्वभर छरिएर रहेका गोर्खाली समाधिहरुका तस्बीहरु प्रदर्शनमा राखिएको थियो।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघका उपाध्यक्ष हेमप्रताप गुरुङ प्रमुख अतिथिको रुपमा एवं भारतीय गोर्खा भूपू सैनिक संघका अध्यक्ष विशेष अतिथिको रुपमा उपस्थित थिए।

हङकङमा पुर्खा दिवस गोर्खालीहरुको समाधिस्थल रहेको सान तिन गोर्खा सेमेइट्रीमा सम्पन्न भएको थियो। गोर्खा सिमेट्री ट्रष्टका अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्रिटिश गोरखा भूपू सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङ र भारतीय गोर्खा भूपू सैनिक संघका अध्यक्ष जंगबहादुर गुरुङले गोर्खाहरुको योगदानका बारे चर्चा गरेका थिए।

विगत ७ वर्षदेखि हरेक वर्ष अप्रिल ५ तारिखका दिनलाई पुर्खादिवसको रुपमा मनाउन थालिएको पुर्खा दिवस ङकङ लगायतका देशहरुमा समेत पुर्खादिवस मनाइदै आइरहेको छ।

हङकङका सरकारी विद्यालय तथा केही नीजि विद्यालयहरुमा समेत पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खादिवस मनाउन थालिएको हो।

गोर्खा सिमेट्रज ट्रष्टले पुर्खादिवसलाई विश्व पुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ। ट्रष्टकाअनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ।

हङकङमा सम्पन्न भएको पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, सीएमए माध्यमिक विद्यालय, टिके प्राथमिक विद्यालय,सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया हिप ओ, डेलिया ब्रोड वे, आइकेटीएम कलेज तथा क्यारिटास चुनमुन सेकेण्डरी स्कूललगायतका नेपाली विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु सहभागी थिए।

कार्यक्रमलाई हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा सम्पन्न भएको थियो। फाउण्डेशनका अध्यक्ष किसन राईले स्वागत मन्तव्य, अध्यक्ष नरहाङ राईले अध्यक्षता एवं सचिव अमोद राईले कार्यक्रमको संचालन गरेका थिए। कार्यक्रमको दिन भारी वर्षा भइरहेको अवस्थामा पनि नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको थियो।


CLICK HERE TO VIEW MORE PHOTOS

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by