एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ,२५ चैत। वरिष्ठ पत्रकार भैरव रिसाल र उनकी धर्मपत्नी सुशीला रिसालले मरणोपरान्त शरीर दान गर्ने भएका छन्।
रिसाल दम्पतिले मरणोपरान्त शरीर दान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन्।
ललितपुरस्थित अस्पताल परिसरमा शनिवार आयोजित कार्यक्रममा रिसाल दम्पत्तिले मृत्युपछि आफ्नो शरीर विद्यार्थीलाई प्रयोगशालामा उपयोग गर्ने गरी दान दिएका हुन्।
रिसालले मृत्युपछि जलाएर खेर जाने शवलाई जिउँदो मानिसको स्वास्थ्य उपचारमा मद्दत पुगोस् भनि शरीर दान गरेको बताए।
विश्व स्वास्थ्य दिवसको अवसरमा ८४ वर्षीय भैरव र ७० वर्षीया सुशीलाले शरीर दान गर्ने घोषणा गरेका हुन्। शरीर दानले नेपालमा मेडिकल साइन्स पढ्ने विद्यार्थीको पाठ्य सामग्रीका लागि उपयोगी हुने विश्वास गरिएको छ।
हाल नेपालमा शरीर दान गर्ने कानुनी प्रावधान नभएकाले मेडिकल साइन्सका लागि विदेशबाट गैरकानुनी रूपमा शव किनेर ल्याइने गरेको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस