एचकेनेपाल डट कम संवाददाता-
धनगढी, २५ चैत। एकीकृत माओवादीका दुई समूह संस्थापन र वैद्य पक्षबीच शनिवार विहान भएको झडपमा दुई कार्यकर्ताहरू घाइते भएका छन्।
धनगडीको मिललचोकमा झडप हुंदा वैद्य पक्षका भरत विष्ट र विनोद च्यामजुङ घाइते भएका छन्। टाउकोमा चोट लागेर गम्भीर घाइते भएका विष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने च्यामजुङको पाखुरामा फलामको रडले काटेको छ।
मिलनचोकमा उठाइरहेको रकमबारे विवाद बढेपछि दुई पक्षबीच झडप सुरू भएको थियो। वैद्य पक्षले संस्थापन पक्षका मजदुर संघको नवजीवन बैंकको खातामा रहेको २ लाख २५ हजार हिनामिना गरेको आरोप लगाएको छ। वैद्य पक्षका मजदुर नेता लोकबहादुर रानामगरले हिनामिना भएको हिसाब संस्थापन पक्षसंग मागेपछि विवाद भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस