Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रेल भाडा बृद्धिको विरोधमा प्रदर्शन

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ७ मार्च । एमटीआर कर्पोरेशनको रेलको भाडा बृद्धि गर्ने निर्णयको विरोध गर्दै हङकङका लेबर पार्टीका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले कोलुन टोङ एमटीआर स्टेशनमा रेलको भाडा बृद्घि गर्ने निर्णय तत्काल खारेज गर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन्।

एमटीआर कर्पोरेशनले आगामी जुन महिनादेखि ५.४ प्रतिशतले भाडा बृद्धि गर्ने निर्णय गरेको छ।

गत साल हङकङ डलर १५ बिलियन नाफामा रहेको कर्पोरेशनले रेलको भाडा बृद्धि गर्नुको उपयुक्त कारण नरहेको जनाउंदै लेबर पार्टीले विरोध प्रदर्शन गरेको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by