एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, २४ चैत्र । भक्तपुरको छालिङ ३ स्थित पिखेलमा शुक्रवार विहान यात्रुबाहक बस दुर्घटना हुंदा कम्तीमा १४ जना यात्रुहरू घाइते भएका छन्।
बा.२.ख २०२३ नम्बरको बस चाँगुनारायण जाँदै गर्दा सो दुर्घटना भएको हो। घाइतेहरुको उपचार बी एण्ड बी, काठमाडौं मेडिकल कलेज र भक्तपुर अस्पतालमा भइरहेको छ।
घाइतेमध्ये अधिकांशको हातखुट्टा भाँचिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस