सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २३ चैत्र । सरकारको उपेक्षाको कारण नेपाली खेलकुद क्षेत्रको विकास हुन नसकेको धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन्।
आगामी चैत २६ गतेदेखि ३० गतेसम्म मोतीदेवी स्मृतिमा राजधानीमा आयोजना हुने निकोस दोस्रो राष्ट्रिय खुल्ला महिला बास्केट बल प्रतियोगितामा सुनसरीवाट सहभागी हुने खेलाडीहरुलाई विदाइ गर्न आयोजित कार्यक्रमका वक्ता हरुले त्यस्तो वताएका हुन्।
सरकारले खलकुदको लागि आवश्यक बजेट नछुट्याएको तथा अन्तर्रष्ट्रिय प्रतियोगितमा सहभागीता जनाउने खेलाडीको लागि आवश्यक अभ्यासको व्यवस्था नगरेका कारण खेलाडीहरुले अपेक्षित उपलब्धि हात पार्न नसेको उनीहरुको भनाई थियो। नेपाली खेलकुद क्षेत्र व्यवसायिक बन्न नसकेको कारण खेलकुद क्षेत्रमा लगेर भविश्य निमार्ण हुने भन्दै खेलाडी पलायन हुन क्रमसमेत वढेकोले राज्यले त्यसतर्फ ध्यानकर्षण गराएका थिए।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
विदाई कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फा)का उपाध्यक्ष किशोर राईले सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गरेकै कारण खेलकुद क्षेत्रले अन्य मुलुकको जस्तो फड्को मार्न नसकेको वताए। उनले ७५ वटै जिल्लामा खेलकुद विकास समिति भए पनि त्यस क्षेत्रमा आयोजना गरिने खेलकुदका लागि कम बजेट छुट्याएका कारण सोचेजस्तो अभ्यास गर्न नसकेको स्पष्ट पारे।
नेपाली खेलकुदमा राम्रो संभावना रहेकोले यसको विकाससमा राज्यसगै खेलसंग सम्वन्धित संघ संस्था तथा व्यत्तिहरु समेत एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। नेकपा एमाले धरान नगरसमितिका अध्यक्ष तारा सुब्बाले खेलकुदको उर्वरभूमि मानिएको धरानले राज्यको उपेक्षाको वावजुद पनि स्थानीय क्लबहरुको सक्रियता र खेलप्रेमीहरुको हौसलालाई आत्मसात गरी अगाडि बढिरहेको वताउनु भयो। उनले भने राज्यले उपेक्षा गरे पनि धराने खेलकुद स्थानीय खेलप्रमीको सहयोगमा नै भए पनि राष्ट्रमा अगाडि रहेको छ।
औजार दैनिकका प्रधान सम्पादक भीम राई ज्वालाले अन्य खेलको तुलनामा बास्केटबलको क्रेज कम भए पनि धरानबाट भने उल्लेख्य रुपमा खेलाडीहरु उत्पादन भएको बताउनुभयो। संघका अध्यक्ष सुधिर लिम्बुको सभापतित्वमा सम्पन्न सो विदाई कार्यक्रममा खेलकुदको विकासमा केही सहयोग पुगोस् भन्ने उद्धेश्यले झुना फिट्नेसकी प्रोप्राइटर तथा गल्फ खेलाडी झुना राईले १० हजार बराबरको खेलाडीको लागि जर्सी तथा खेलकुद सामाग्री वितरण गर्नुभएको थियो भने एन्फा उपाध्यक्ष किशोर राई, ५ हजार,युवासंघका जिल्ला सदस्य दिवस राई र एमाले धरान नगर अध्यक्ष तारा सुब्बाले जनही ५/५ हजारका दरले सहयोग प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा बास्केटबल खेलाडी जानुका राई, विनिता राई,अनु राई,मोनिका लिम्बु,प्रियादर्शी राई, शान्ति लिम्बु,डा. कृति मितल र स्वेता साह रहने प्रशिक्षक विकास राईले बताउनुभयो। सो प्रतियोगितामा काठमाडौका ७ तथा उपत्यका वाहिरका सुनसरी, मोरङ, काभ्रे र चितवनको टिमले सहभागिता जनाउने भएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस