एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ चैत्र । झापाबाट पत्रकारिता गर्दै आएका पत्रकार यादव पौडेलको मंगलवार राति निर्ममतापूर्वक हत्या गरेको छ। झापाबाट प्रकाशित हुने मेची टाइम्सका कार्यकारी सम्पादक, एभिन्यूज टेलिभिजन तथा राजधानी दैनिकका झापा सम्वाददाता ३८ वर्षीय पौडेलको शव विर्तामोडको बस पार्कस्थित सेकुवा कर्नर नामको होटल बाहिर राति १ बजे भेटिएको थियो।
घाँटी रेटेर हत्या गरिएको उनको घाँटीको अगाडि भागबाट काटिएको छ भने दाहिने हातसमेत भाँचिएको छ। त्यसबाहेक उनको शरीरको विभिन्न भागहरूमा धारिलो हातियार प्रहार भएको छ। पत्रकार यादव पौडेलको हत्या किन भयो त? उनी कार्यरत सञ्चारसंस्था एभिन्युज टेलिभिजिनले तयार पारिएको विशेष रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्।