Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रहरीको गोलीबाट घाइते

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ चैत्र ।  प्रहरीको गोली प्रहारबाट लागू औषध कारोबार गर्ने एक जना घाइते भएका छन्।

घाइते हुनेमा रविन्द्र शाही रहेका छन्। खुट्टामा गोली लागी घाइते भएका शाहीको वीर अस्पतालमा उपचार भइ रहेको छ।

लागू औषध कारोबार गर्ने समूह स्वयम्भूमा रहेको सूचनाको आधारमा गएको अनुसन्धान महाशाखाको प्रहरी टोलीमाथि सो समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी फाइरिङ गर्दा शाही घाइते भएको प्रहरीले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by