यात्रुवाहक बसमा बम राख्नेहरू पूर्व माओवादी
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ चैत्र । राजधानीका विभिन्न स्थानमा यात्रुवाहक बसहरूमा बम राख्ने अभियोगमा माओवादीका पूर्व जनसरकार प्रमुखसहित तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा कमल खतिवडा, चुँडा मोक्तान र रजमान तामाङ रहेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गर्दै उनीहरू माओवादी पार्टीसँग आबद्ध देखिएको बताए। प्रकाउ परेकाहरू तीनै जना नुवाकोटका हुन्।
‘मुक्ति’ भनिने रजमान २०६१ मा माओवादीको नुवाकोट जनसरकार प्रमुख, ‘मनिष’ उपनाम भएका कमल माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारी र चुँडा पनि माओवादीमा सक्रिय थिए।
राजाधानीका तीन यात्रुवाहक बसमा बम भेटियो
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २२ चैत्र । राजाधानीका सार्वजिनक तीन यात्रुवाहक बसहरूमा ३ वटा बम भेटिएको छ। काठमाडौंको नाम्ग्याल चोक बौद्ध, चावहिल र कपनमा बम भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
बम राखिएका सबै स्थानमा नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपको पर्चा फेला परेको प्रहरीले जनाएको छ। भेट्टिएका बमहरू प्रहरी र सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारि सकेको छ।
बम विष्फोट हुनु अगावै फेला परेर निष्क्रिय पारेपछि मानवीय क्षति हुनुबाट जोगिएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस