Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङका माओवादीहरूमा फेरि बेमेल

हङकङमा जनयुद्घको १७ औं वार्षिकोत्सव सम्पन्न, सहसचिवको समूह अनुपस्थित
रविन लिङदेन/ एचकेनेपाल डट कम–
हङकङ, २० फेब्रुअरी । एकीकृत नेकपा (माओवादी) पार्टीको हङकङमा वैधानिक रुपमा कार्यक्रम संचालन गर्दै आएको संस्था ‘नेपाली जनसरोकार समाज हङकङ’ले महान नेपाली जनयुद्घको १७ औं वार्षिकोत्सव आइतवार सम्पन्न गरेको छ।


तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम

एनेकपा (माआवादी) पार्टीको अघिल्लो महिना मात्र मेलमिलाप भएको दुइ समूहबीच, आर्थिक पारदर्शिताको सवालमा खटपट भएको समाचार आए लगतै सहसचिव पवन वस्नेत तथा उनको समूह र मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिले पार्टीको कार्यक्रममा उपस्थिति जनाएनन्।

कार्यक्रमका प्रमुख अतिथि ए. नेकपा (माओवादी) जिल्ला पार्टी सचिव जे. वी. ओख्रावुले महान जनयुद्घको बलबाटनै नेपालीहरु यहाँसम्म आएको वताए। उनले पार्टीको झण्डा मुनी गोलवन्द रहि वर्गीय, जातिय, क्षेत्रिय, मधेसी, दलित, महिला मुक्तिको लागि संघर्ष गर्ने साथीहरु झिनो मसिनो कुरामा अल्झिनु नहुने वताए। पार्टीको साथीहरु अनुपस्थित रहेकोमा ‘महान जनयुद्घलाई हामीले कतै उपहास गरिहेको त छैनौ’ भन्दै प्रश्न राखे। यसलाई आफू पार्टीको जिम्मेवार व्यक्ति भएकोले गम्भीर रुपमा लिएको सचिव ओख्रावुले बताए।

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष एम. वी. थोप्राले सदियौदेखि नेपालमा राजनैतिक रुपमा वर्गीय र जातिय समस्या भएको वताए। उनले जनयुद्घको बलवाट मात्र संघिय गणतन्त्रको सुरुवात भएको बताए। यसलाई संस्थागत गर्न एक जुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए।

कार्यक्रममा बोल्दै नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष विष्णु गुरुङले जातीय समस्या यथावत रहेको बताए। उनले यो अवस्थामा पार्टी र जातिय मोर्चाहरु चाहे नेपालमा होस या विदेशमा होस एक जुट भएर मात्र समस्याको समाधान हुने बताए।

सहसचिव पवन वस्नेतले फोनमा कुरा गर्दै भने, महान नेपाली जनयुद्घलाई सर्वोपरि ठानेका छौं, भन्दै पार्टीको विचारलाई अंगिकार गर्ने बताए। उनले हङकङमा पार्टी एकता भए पनि केही व्यक्तिसंग भावनात्मक एकता भइनसकेको बताए। त्यस्ता व्यक्तिहरु सफा मन लिइ सुधारिनु पर्ने वस्नेतले बताए। उनले पार्टीलाई वुझाउनु पर्ने रकम आफूले पार्टी सचिवलाई बुझाइ सकेको बताए। पार्टीको कार्यक्रममा ज्यानको असुरक्षा हुने भन्दै अनुपस्थित भएको उनले बताए।

मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङको अध्यक्ष वसन्त थापा मगरले हिन्सको अध्यक्षसंग असहमत भएको कारण हिन्सलाई बहिष्कार गरेको हो, पार्टीको कार्यक्रमलाई होइन, फोनमा उनले भने। उनले हिन्स र मगर राष्ट्रिय मोर्चाको खटपट पार्टीसंग पनि जोडिएकोले, अव पार्टीमार्फत मात्र मिल्न सकिने वताए। हिन्स भन्दा वाहिर कार्यक्रम भएमा आफूहरुले सहभागिता जनाउने अध्यक्ष थापा मगरले बताए।

१७ औं वार्षिकोत्सवको अवसरमा नेपाली जनसरोकार समाज हङकङ र एनेकपा मओवादी पार्टीले दाश्रो अधिवेशनबाट आएका किराती राष्ट्रिय मुक्ति मोर्चा र काउलुन एरिया कमिटिलाई खदा ओढाएर स्वागत गरेका थिए। उक्त अवसरमा जनसरोकार समाजको उपाध्यक्ष धिरेन्द्र राई, महासचिव जिमि हाङखिम, सहसचिव राजु गुरुङ, सदस्य तथा पत्रकार चन्द्र दुमि राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष कमला राई, तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष वेल बहादुर तमुले आ–आफ्नो मन्तब्य राखेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by