दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २० चैत्र । पोखराको फुटवल विकासमा लाग्दै आएको सहारा क्लबले फुटवलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले यही चैत्र २४ गतेदेखि १० देखि १२ बर्षउमेर समूहका वालकहरुलाई दुई हप्ते निशुल्कः फुटवल प्रशिक्षण गराउने भएको छ।
बिभिन्न बिद्यालयमा अध्ययनरत वालकहरुको अन्तिम परीक्षा समेत सम्पन्न भएको फुर्सदको समयलाई सदुपयोग गराउन पनि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।
दक्ष प्रशिक्षकद्धारा प्रदान गरीने उक्त निःशुल्क फुटबलको आधारभूत तालिममा सहभागी हुन क्लबले सम्पूर्ण अभिभावक तथा बिद्यालय एवम वालकहरुलाई अनुरोध गरेको छ।
“आत्मा साची राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्य अनुरुप स्थापित सहारा क्लब पोखराले युवा मोहलाई कुलत एवं विसंगतीबाट टाढा राखि खेलकुदको माध्यमबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने विश्वासका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस