सुरज गुरुङ / एचकेनेपाल डट कम-
गणतन्त्र कोरिया, स्याङ्गजा परिवार द. कोरियाको तेश्रो बैठक दोङ्गदेमुनस्थित हिमालयान रेष्टुरेण्टमा सम्पन्न भएको छ।
अध्यक्ष मिलन रानाको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव दिपेन्द्र अधिकारीले गर्नुभएको थियो। बैठकले सल्लाहकारहरुमा झक थापा मगर, हेम थापा, नेत्र राना, इश्वर गुरुङ, गुप्त गुरुङ, खोम गुरुङ्ग र कुमार न्यौपानेलाई नियुक्ति गरेको छ। अध्यक्ष मिलन रानाले सल्लाहकारहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरी खादा ओढाई सम्मान गर्नुभएको थियो।
बैठकमा विविध विषयहरुमा छलफल गर्दा विधान संशोधनको लागि सल्लाहकार झक थापाको संयोजकत्वमा खोम गुरुङ्ग, कुमार न्यौपाने, हेम थापा मगर, दिपेन्द्र अधिकारी, रमेश भट्टराईलाई सदस्यमा चयन गरिएको छ।
सरकारी तथ्याङ्ग अनुसार यहि २०१२ मार्च महिना सम्ममा इपीएस प्रणाली मार्फत १,००० हजार स्याङ्गजालीहरु कोरिया प्रवेश गरिसकेको तथ्याङ्क प्राप्त भएकोले इ.पी.एस. प्रणाली मार्फत आउनु भएका नव आगन्तुक साथीहरु र विभिन्न पेशामा संलग्न रहनु भएका सम्पूर्ण जिल्लावासीहरुबीच परिचयात्मक तथा शुभकामना आदन प्रदान कार्यक्रम निम्न स्थान र समयमा हुने भएकोले सम्पूर्ण जिल्लाबासीहरुलाई उपस्थित हुन स्याङ्गजा परिवारको बैठकले निर्णय गरेको छ।
साथै खेलकुद संयोजक धर्म गुरुङले उक्त दिन नयाँ खेलाडी साथीहरु आउने हुंदा सम्पूर्ण खेलाडीहरुलाई अनिवार्य रुपमा उपस्थित हुन हार्दिक अनुरोध गर्नु भएको छ।
स्थानः नेपाल बौद्ध परिवारको कार्यलय (छावी ए चिव)
समयः ठिक १ बजे
मितिः २०१२-४-१५