काठमाडौं,फागुन १७ – मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर छ। भर्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ। यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा तीनजनासम्म बिरामी राख्ने गरिएको छ। उपकरणहरू बिग्रेका छन्। अस्पतालको ढिलासुस्तीसँग अपरिचित मानिस यहाँ पुग्यो भने रोग झनै बढ्ला भन्ने डर हुन्छ। more…