Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कवि एवम् शिक्षक तथा गुरुङलाई २८ लाख सहयोग

देवी जंग तमु / एचकेनेपाल डट कम-
पोखरा, १९ चैत्र । दुवै मगौला कमजोर भई डायलोसिस गरीरहनुभएका कवि एवम् शिक्षक तीर्थबहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग आउने क्रम जारी छ।

मृगौला प्रत्योरोपणका लागि काठमाडौँ जानुभएका मृगौलापीडित गुरुङको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट आइतवारसम्म २८ लाख १६ हजार ५ सय ३० रुपैया संकलन भएको हो।

कास्की जिल्ला पार्चे गा.वि.स वडा न ७ स्थाई घर भई हाल पोखरा वस्दै आउनुभएका तिर्थ गुरुङलाई पछिल्लोपटक मकाऊ, साउदी अरब, नर्वे र अफगानिस्तानबाट गरी ७५ हजार ९ सय ४० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ।

३९ वर्षीय मृगौलापीडित गुरुङलाई नर्वे, अफगानिस्तान, मकाऊ र साउदी अरबबाट प्राप्त आर्थिक सहयोग पीडितका कान्छाबाबा रामसुब्बा गुरुङलाई एक समारोहवीच हस्तान्तरण गरिएको छ।

पार्चे ६ निवासी लेख वहादुर गुरुङको पहलमा संकलित ४७ हजार ६ सय १० रुपैयाँ कान्छाबाबा बवहादुर गुरुङले पीडितका कान्छा बाबा रामसुब्बा गुरुङलाई हस्तान्तरण गर्नुभयो। त्यसैगरी नर्वेमा रहनुभएका एवम् कंचनजंघा वोर्डिङ्ग स्कुलका संस्थापिका लक्ष्मीदेवी गुरुङबाट ५ हजार, अफगानिस्तानमा रहनुभएका राना खड्काबाट ७ हजार ८ सय रुपैया र अफगानिस्तानमा रहनुभएका भिम गुरुङ्गबाट प्राप्त १ हजार रुपैयाँ उहाँहरुका साथी एवम् कंचनजंघा वोर्डिङ्गका संस्थापिका मनु गुरुङले पीडितका कान्छा बाबा गुरुङ्गलाई हस्तान्तरण गर्नुभयो।

त्यसैगरी, साउदी अरबमा रहनुभएका डिकबहादुर महत क्षेत्रीबाट प्राप्त १० हजार ५ सय ३० रुपैयाँ उहाँका श्रीमती शोभा महत क्षेत्रीले पीडितका कान्छाबाबा गुरुङलाई हस्तान्तरण गर्नुभयो। सोही अवसरमा सिक्लेस विकास सरोकार समूहका अध्यक्ष हितमान गुरुङले १ हजार, सचिव पोल वहादुर गुरुङले ५ सय, कोषाध्यक्ष महान प्रसाद गुरुङले ५ सय, संचारकर्मी देवीजंग गुरुङले ५ सय र वेलबहादुर गुरुङ निर्मलाको कान्छाले ५ सय रुपैयाँ पीडितका कान्छाबाबा गुरुङलाई प्रदान गर्नुभएको थियो।

गुरुङलाई सहयोग गर्न चाहने व्यक्तिहरुले H and B बैँक महेन्द्रपुलको खाता नम्वर ००१००००६३२१ F मा जम्मा गर्न पीडितका कान्छा वावा गुरुङ्गले सबैलाई आग्रह गर्नुभएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by