Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

डिएसपीले १० लाख घुस मागे

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २० चैत्र । गत १७ गते शुक्रबार हातहतियार ओसार-पसार र लागूपदार्थको कारोबारको आरोपमा पक्राउ परेका सुमन भूजेल र धनबहादुर माझीकी श्रीमातीहरुले आफूहरुको श्रीमानलाई छोड्नका लागि १० लाख घुस मागेको आरोप लगाएका छन्।

सोमबार रिपोटर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै सुमन भूजेलकी श्रीमती राधा भूजेल र धनबहादुर माझीकी श्रीमति राममाया माझीले आफ्नो श्रीमानहरुलाई प्रहरीले पक्राउ गरी काठमाडौंकै एक होटलमा दुइ दिन राखेर हातहतियार र लागूपदार्थ अगाडि राखी जबर्जस्ती हाम्रो हो भन्न लगाएर खाली कागजमा सही गर्न लगाएर फसाएको आरोप लगाईन्।

उनले आफ्ना निर्दोष श्रीमानहरुलाई तत्काल छोड्नका लागि १० लाख रुपैयाँ डिएसपी आभूषण तिमिल्सिनाले घुस मागेको आरोप समेत पत्रकारसम्मेलनमा लगाईन्।

पत्रकार सम्मेलनमा उनले भनिन्- हाम्रो श्रीमानहरुलाई डन रमेश पौडेल (बाहुन) को सहयोगी भएको आरोप लगाउँदै राति ८ बजे कपनबाट पक्राउ गरी निर्दोषलाई दोषी सावित गर्न हातहतिया, लागूपदार्थ, रक्त चन्दन तस्करी जस्ता आपराधिक काममा फसाईएको हो, हामी र हाम्रा श्रीमानहरुले डन रमेश पौडेल (बाहुन) लाई चिन्दैनौं तत्कालै हाम्रा श्रीमानलाई नछोडे हामीलगायत बालबच्चाको पनि पालन पोषणको जिम्मा पुलिसले लिनुपर्छ।

आफूहरु बालुवा गिटीको काम गर्ने र श्रीमानहरु आफूहरुले तयार पारेको बालुवा गिटीको ठेकेदारीको काम गरी जिवीकोपार्जन गर्दै आएको उल्लेख गर्दै आफ्ना निर्दोष श्रीमानहरुलाई तत्काल नछोडे आन्दोलन गर्ने चेतावनी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by