एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १९ चैत । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)लाई पुनः सकृय बनाउने निर्णय गरेको छ।
वाइसीएलको केन्द्रीय समितिको आइतवार बसेको बैठकले शान्ति र संविधानको पक्षमा अभियान चलाउन वाइसीएललाई सकृय बनाउने निर्णय गरेको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रशिक्षण दिदैं शान्ति र संविधानका पक्षमा अभियान चलाउन वाइसीएललाई निर्देशनसमेत दिएका छन्। जेठ १४ गतेभित्र शान्ति र संविधान निष्कर्षमा पुर्र्याउन नसके मुलुकमा भयावह स्थिति आउन सक्ने बताउंदै यस्तो अवस्थामा वाइसीएलले नयाँ अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
वाइसीएलका उपत्यका संयोजक चन्द्रबहादुर थापा ‘सागर’ले पार्टीको निर्णय अनुसार केन्द्रदेखि सेल कमिटी सबैलाई सक्रिय बनाउने बताएका छन्। उनले शान्ति र संविधान निर्माणमा कसैबाट भाँड्न खोजे वाइसीएलले भाँचखुच पनि गर्न सक्ने चेतावनी दिएका छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस