एचकेनेपाल डट कम संवाददाता –
माघ २४, काठमाडौं। मञ्चमा मधुरो प्रकाश देखिन्छ। रातको दुई बज्न लागेको हुन्छ । एक मुर्तिकार भयानक सपना देखेर ब्युँझन्छ र एक्लै बोल्न थाल्छ, “अचेल किन मलाई चिसा र नमिठा सपनाहरुले बारम्बार लखेटिरहन्छ ? अहँ, म विचलित हुनु हुँदैन। मेरो काम मूर्तिमा ज्ञान खोप्नु हो। मूर्तिको वस्ती बसाउनु मेरो उद्देश्य हो। म प्राचीन जडताभित्र अचेल नयाँ ज्ञानको खोजी गर्दैछु। त्यो ज्ञान वामियानका चिसा बुद्धहरुको प्रस्थानविन्दुमा पनि हुन सक्छ। त्यो ज्ञान ताता मरुभूमिदेखि चिसा हिमालयसम्मको यात्रामा पनि हुन सक्छ। अनि त्यो ज्ञान कुनै मूर्तिकारले आफ्ना सिर्जनाको रक्षाका लागि भोगिरहेको अघोषित आजीवन कासावासभित्र पनि हुन सक्छ।” more…