Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुन । सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसाको जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले मंगलवार उक्त फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यसअघि, विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो।

कांग्रेसबाट राजनीति सुरू गरेका गुप्ता पछिल्लो पटक मधेस राजनीतिमा सक्रिय थिए। उनी पटक पटक मन्त्री बनेका थिए।

अदालतको फैसलापछि आत्मसमर्पण गरेका गुप्तालाई जेल चलान गरिएको छ। जेल जानुअघि उनले आफू मधेस आन्दोलनमा लागेकै कारण दण्डित हुनु परेको बताए। प्रहरीको घेराउमा रहेका गुप्ताले सञ्चारकर्मीहरूमार्फत राजिनामा दिएको घोषणा गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by